Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दिदीलाई चिता देख्नेबित्तिकै सोचेकी थिएँ, विवाह त भिनाजुसँगै गर्छु’

एजेन्सी । दुर्घटनापछि जब दिदीको अन्त्येष्टि भइरहेको थियो तब मैले सोचेकी थिएँ कि विवाह म आफ्नै भिनाजुसँग गर्छु । मलाई खुसी छ कि विवाह गर्ने बित्तिकै म आमा भएँ । त्यो पनि आफ्नै दिदीको छोराको । सानीमाबाट आमा बनेकी कोमलले आफ्नो छोरा स्मितलाई पहिले पनि निकै माया गर्ने गरेको बताइन् । भिनाजुसँग विवाह गर्नका लागि परिवारलाई सहमतीमा ल्याउन निकै समय लागेको उनले बताइन् ।

मेरो अगाडि ८ वर्षीय छोराका निकै प्रश्नहरु तेर्सिएका थिए । जब मैले आफ्नो परिवारलाई आफू स्मितको आमा बन्ने चाहेको बताएँ तब घरका सबै सदस्यहरु निकै अचम्मित भएका थिए । यहाँसम्म कि मेरो भिनाजुलाई पनि मेरो यो निर्णयले निकै चकित तुल्याएको थियो । भिनाजुले आफूसँग विवाह गरेर मेरो भविष्य नबिगार्न सुझाएका थिए तर मैले कसैको कुरा सुनिनँ । यदि भावेशले अर्को महिलासँग विवाह गरे ती महिलाले स्मितलाई माया गर्ने नगर्ने निश्चित नभएको भन्दै मैले परिवारका सदस्यलाई मनाएँ ।

दिदी हुँदा पनि मैले स्मितलाई आमा जस्तै माया दिएकी थिएँः
दिदी नहुँदा मात्र होइन, उनी जीवित हुँदा पनि मैले स्मितलाई आमाको जस्तै माया दिएकी थिएँ । उ पनि आफ्नी आमासँगभन्दा मसँग बढि समय बिताउँथ्यो, म सँगै रमाउँथ्यो । उनलाई अरु कसैको हातमा मैले कसरी सुम्पन सक्थें ? म त्यतिबेलै सोच्थें, म विवाह अघि नै आमा बनें । म निकै भाग्यमानी छु ।

श्रीमतीको अवसान पछि छोराको चिन्ता थियोः
जामनगरको मण्डपमा एक सामान्य जागिर खाएका भावेशले श्रीमतीको मृत्यु पछि आफूलाई छोराको निकै चिन्ता भएको बताए । उक्त दुर्घटनामा स्मितले आफ्नो एउटा हात पनि गुमाएको छ । मैले अब के गर्नुपर्छ त्यसमा केही सोच्नै सकिरहेको थिइनँ । कोमलको एउटा विचारले मेरो पुरा जिन्दगी तहसनहस हुनबाट जोगिएको छ । उनको निर्णय सुनेपछि मलाई सुरुमा निकै असहज भएको थिएँ । मैले उनलाई उनका सपना होलान् त्यसलाई पूरा गर्न सुझाएको थिएँ । तर उसको स्मित प्रतिको प्रेम र लगाव देखेर मैले हार मानें । अन्ततः मैले उनको साहसिक निर्णयको अगाडि घुँडा टेकें ।

कोमलको साहसिक निर्णयः
जोतपुरको नवागढमा बस्ने चन्दूभाइ सावलियाकी छोरी अवनीको विवाह जामनगरका भावेशसँग भएको थियो । उनीहरुको एउटा छोरा स्मित छन् । भर्खरै भएको एक दुर्घटनामा अवनीको मृत्यु भयो जसमा स्मितको दायाँ हात पनि गुम्यो । उनको भविष्यको चिन्ता सबैलाई थियो । तर अवनीकी बहिनी कोमले साहसिक निर्णय लिँदै स्मितकी सानीमाबाट सिधै आमा बनिन् । समाजले कोमलको एक साहसिक निर्णयको प्रशंसा गरी एक प्रेरणा मानेको छ ।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्