Logo
११ बैशाख २०८१, मंगलबार
(December 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईको जनजीवन शितलहरले  प्रभावित

madhesh-nerwsवीरगन्ज, २१ मंसिर ।  बारा, पर्सालगायत मध्य तराइका जिल्लाहरुमा आईतबारदेखि चिसो बढेको छ । विहानको समयमा हुस्सु लाग्ने र अपराह्नदेखी घाम लाग्ने गरेको छ । मौसममा हुने परिवर्तसंगै अस्पतालमा विरामीको संख्यालाई समेत बढाएको छ । रुघा, खोकी, दम, निमुनिया, कोल्ड डाइरिया, ज्वरोजस्ता रोगबाट ग्रसित भएका विरामीको संख्या दोबरले बढेको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका फिजिसिएन डा. निरज सिंहले बताए । 

हस्सु र शितलहरले अधिकतम तापाक्रमलाई नै १५ डिग्रीमा झारेको छ । विहानको समयमा लागेको बाक्लो हुस्सुका कारण यातायातका साधान संचालनमा समस्या हुनुको साथै दुर्घटनाको सम्भावनासमेत बढाएको छ । उनले समान्य अवस्थामा ३० देखी ४० जना चिसोबाट प्रभावित विरामी आउने गरेको भए पनि दुई दिनदेखि परेको शितलहरले गर्दा हाल विरामीको संख्या ८० देखी १०० सम्म पुग्ने गरेको डा सिंहले बताए । चिसोको कारण विरामी हुनेमा बढी संख्या वृद्ध तथा बाल बालिकाहरुको रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।

यसैबिच चिसो बढेर मौसम प्रतिकुल हुँदा बाराको सिमरामा रहेको विमानस्थलमा जहाजको उडानमा पनि केहि प्रभाव परेको छ । विमानस्थलमा आईतबार बाक्लो हुस्सु लागेका कारण बिहान नौ बजे हुने भनिएको पहिलो उडान मध्यान्ह १२ बजे पछि भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दिनभरीमा कुनै पनि उडान अवरुद्ध नभएता पनि निर्धारित समयमा भने उडान हुन नसकेको कार्यालयले जानकारी दिएको छ ।

यसैबीच विहान ६ बजे देखी संचालन हुदै आएको पर्साका सामुदायिक तथा निजी विद्यलायको समयलाई परिवर्तन गरिएको छ । निजी विद्यलायहरुको संगठन प्याबसन, एन प्याबसन र जिल्ला शिक्षा कार्यालयको संयुक्त वैठकले विहान ६ बजे देखी संचालन हुदै आएको विद्यलायको समयलाई विहान ९ बजे देखि संचालन गर्र्नेे निर्णय गरेको छ । विहानको समयमा विद्यालय निस्किने बालबालिका विरामी हुन थालेपछि समयलाई परिर्वतन गरिएको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: Dec 6, 2016

प्रतिक्रिया दिनुहोस्