Logo
८ बैशाख २०८१, शनिबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानसँगको सम्बन्धबारे युलियालाई प्रश्नको ओइरो

yuliaएजेन्सी ।   सलमान खानकी कथित प्रेमिका युलिया भन्तुरले उनीसँगको सम्बन्ध बारे मुख खोल्दै आफूहरु निकै राम्रो साथी भएको बताएकी छिन् ।भारतमा रहेकी रोमानियाकी सुन्दरीले हिमेश रेसमियाको नयाँ म्यूजिक एल्बम ‘आप से मासिकी’ मा आफ्नो स्वर दिएकी छिन् । मिडियासँगको अन्तर्वार्तामा युलियाले सलमान खानसँगको सम्बन्ध बारे प्रश्नहरु पन्छाउन सकेनन् । उनले भनिन्, ‘मैले पहिले पनि भनिसकेकी छु कि हामी निकै राम्रा साथी हौं । योभन्दा बढि म के नै भन्न सक्छु र ?’

सलमान र आफ्नो सम्बन्धलाई मिडियाले निकै बढाईचढाई कुरा गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘कुनै पनि कुरालाई तपाईंहरु निकै ठूलो बनाउनुहुन्छ । म सलमानलाई निकै सम्मान गर्छु । उनकै कारण म भारत आउन सकें र म यो ठाउँलाई निकै माया गर्छु ।’ भारतीय संस्कृतिको बारेमा आफूले कुनै पनि नकारात्मक टिप्पणी नदिएको ३५ वर्षीया टेलिभिजन प्रस्तोताले बताइन् । स्मरण रहोस्, उनले रोमानियाको एक म्यागजिनलाई आफू भारतीय संस्कृतिसँग सहज नभएको भन्ने कुरा सार्वजनिक भएको थियो ।

‘साँच्चै भन्नुपर्दा जब मैले भारत छोडें तब म रोएको थिएँ । तर हेर्नुहोस्, जीवनले फेरी मलाई यहाँ डोहोरायो र म यसको लागि निकै आभारी छु । म भारतीय संस्कृतिसँग सहज नभएका विभिन्न रिपोर्ट सार्वजनिक भए तर मैले यसो भनेकै छैन,’ उनले भनिन् । ‘मलाई प्रष्ट पार्न दिनुहोस् कि म यो ठाउँलाई मन पराउँछु र यहाँका मानिसहरु मलाई निकै मनपर्छन् । हिमेशले मलाई यस्तो अवसर प्रदान गरेकोमा म उनीप्रति आभारी छु । यस बारे मैले कहिले पनि सोचेकै थिइनँ ।’

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्