Logo
११ बैशाख २०८१, मंगलबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबिरुद्ध फेरी खनिए नवनिर्वाचित राष्ट्रपति ट्रम्प

trampएजेन्सी, वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाड ट्रम्पले चीनको आलोचना गर्दै शृङ्खलाबद्ध ट्वीट गरेका छन् । ट्रम्पले ट्वीट गर्दै चीनको मौद्रिक नीति र साउथ चाइना सीमा सैनिक गतिविधिको आलोचना गरेका हुन् । ‘के चीनले हामीलाई उनीहरुको मुद्राको अवमुल्यन गर्दा केही सोध्यो ?,’ र ‘के ठूलो सैनिक कम्प्लेक्स बनाउँदा केही सोध्यो ?’, उनले सोधे । ‘अहँ, सोधेन !,’ उनले भने ।

गत हप्ता ट्रम्पले ताइवानका राष्ट्रपतिसँग टेलिफोन सम्वाद गरेपछि दुई देशबीच तनाव देखिएको थियो । चीनले यसको विरोध गर्दै अमेरिकासँग यसबारे आपत्ति जनाएको थियो । चीन र ताइवानबीच सन् १९४९ देखि तनाव रहेको छ । सन् १९७१ अघि पश्चिामा राष्ट्रले ताइवानको सरकारलाई चीनको सरकारको साटो मान्यता दिन्थ्यो । अमेरिकाले सन् १९७९ देखि ताइवानसँग सम्बन्ध विच्छेद गर्दै बेइजिङको ‘एक देश, दुई व्यवस्था’ को मान्यतालाई समर्थन गरेको थियो ।

यसअघि पनि अमेरिकाले चीनको मौद्रिक नीति र साउथ चाइना सीमा सैनिक उपस्थितिको आलोचना गर्दै आएको थियो । उक्त क्षेत्रलाई धेरै देशहरुले दाबी गरिरहँदा चीनले त्यसलाई आफ्नो बताउँदै सैन्य गतिविधि बढाएको छ ।

tramp-twitter

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्