Logo
१५ चैत्र २०८०, बिहीबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री जयललितालाई हृदयघात: फेरि अस्पताल भर्ना

jay-lalitaएजेन्सी, भारत, चेन्नाई ।  तामिलनाडुकी मुख्यमन्त्री जे जयललिता पुनः अस्पताल भर्ना भएकी छिन् । आइतबार राती हृदयघात भएपछि उनलाई चेन्नाई स्थित एपोलो अपतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनी अस्वस्थ रहेको समाचार आएपछि सयौँको संख्यामा उनका समर्थकहरु प्रहरीको अवरोध तोड्दै अस्पताल परिसर पुगेका थिए ।

केही दिनअघि मात्र ६८ वर्षीय एआइएडीएमकी प्रमुखको स्वास्थ्य अवस्था सुध्रिएको पार्टीले जनाएको थियो । ‘एएआइएमएसका डाक्टरहरुले वहाँको स्वास्थ्य स्थितिमा सुधार भएको बताएका छन् । हाम्रो लागि खुसीको खबर हो, वहाँ अब ठीक हुनुभएको छ,’ पार्टीका प्रवक्ता सि पोनाइयाँले जनाएका थिए ।’

चलचित्रबाट राजीतिमा प्रवेश गर्दै तीन पटक तालिमनाडुकी मुख्यमन्त्री बनेकी जयललितालाई उनका समर्थकहरु ‘अम्मा’ –आमा) भनेर बोलाउँछन् । उनको स्वस्थस्थिति बिग्रिए तनाव बढ्ने अनुमान गरिएको छ । तामिलनाडुमा राज्यभर प्रहरीलाई हाईअलर्टमा राखिएको छ ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्