Logo
१२ बैशाख २०८१, बुधबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूत रायलाई देश निकाला गर्न माग

27_03_2016-ranjitrae27-copy

काठमाडौं । भारतीय राजदूतलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।
पत्रकार घमराज लुइँटेलले भारतीय राजदूत रणजीत रायका पछिल्ला गतिविधिप्रति आक्रोस पोख्दै ट्विटमार्फत् हेलो सरकारमा उजुरी गरेका थिए ।

‘हेलो सरकार, कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी भाँडेकोले भारतीय राजदूत रायलाई देश निकाला गरियोस्’, उनले ट्विटबाट उजुरी गरेका थिए । आइतबारको उनको ट्विटलाई हेलो सरकार डेस्कले कारवाही प्रक्रिया अघि बढाउँदै परराष्ट्र मन्त्रालयलाई चिठी लेखेको हो ।

४४१४ चलानी नम्बर नभएको पत्र परराष्ट्रलाई पठाइएको हेलो सरकारले उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले हेलो सरकारको निवेदनमाथि तत्काल कारवाही अघि बढाउने जानकारी दिए । ‘मेरो डेस्कमा त्यो उजुरीको फाइल आइपुगिसकेको छैन’, उनले भने, ‘हेलो सरकारबाट आएका उजुरीमाथि हामीले तत्काल कारवाही प्रक्रिया अघि बढाउँदै आएका छौं ।’

नागरिकका अनुसार,पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी संसदमा दर्ता भएको सात बुँदे संशोधन प्रस्ताव पारित गराउन पछिल्लो समय भारतीय राजदूत रायले चलखेल तीब्र पार्दै आएका छन् । उनले मधेसवादी दलका नेताहरुलाई लैनचउरस्थित दूतावासमै दिवा भोजमा डाकेर समेत निर्देशन दिएका थिए ।

संविधान सभाबाट संविधान जारी गरेकोमा क्रुद्ध भारतले नेपालमाथि पाँच महिना लामो नाकाबन्दी गरेको थियो । नाकाबन्दीकै समयमा भारतीय दूतावासले आफ्ना च्यानलमार्फत् नेपाली नेता तथा प्रभावशाली मिडियालाई संविधान संशोधनका ७ बुँदा उपलब्ध गराएको थियो ।

अहिले दाहाल सरकारले तिनै बुँदा उल्लेख गरेर संविधान संशोधन दर्ता गराएपछि त्यसलाई पारित गराउन राजदूत रायले राजनीतिक भेटघाट तीब्र पार्दै आएका छन् ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्