Logo
१२ बैशाख २०८१, बुधबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरेन्द्र सैनिक स्कुलमा कर्णेल साहेबको ‘दादागिरी’ अझै रोकिएन

220854171-jpeg-copyकाठमाडौं । वीरेन्द्र सैनिक स्कुलमा एक महिनामै दुईवटा वितंडा मच्चिएपछि एकाएक चर्चामा आएका कर्णेल भुपालमान अधिकारीले आफ्नो दादागिरीलाई अझै नरोकेको पाइएको छ ।

उनले शक्तिकेन्द्र आफ्नो आँडमा रहेको धुर्की दिदैं अहिले पनि आफ्नो दादागीरिलाई प्रसय दिइरहेका छन् ।

नाम नबताउने शर्तमा एक अभिभावकले भने,‘जंगे शासन देखाएर विद्यार्थी भिडाउने कर्णेल साहेवले शक्तिकेन्द्र मेरै हो, कसले के गर्छ भन्दै उत्पात मच्चाउन छोड्नुभएको छैन् ।’

स्रोतका अनुसार, कर्णेल अधिकारीले, अहिले स्कुलको होस्टेललाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

उनकै निर्देशनमा अहिले होस्टेलमा बस्ने विद्यार्थीको खाना कटौती गरिएको छ । भने पछिल्लो समय विद्यार्थीलाई अनावश्यक तनाव समेत दिन थालिएको छ । उनले होष्टेलमा अभिभावकलाई छिर्न समेत दिएका छैनन् ।

समाचार स्रोतका अनुसार कर्णेल अधिकारीले अहिले स्टेशनरी र क्यान्टिनको समानमा ठूलो घोटला गदैं आएका छन् । शक्तिकेन्द्रको धम्कि दिदैं उनले स्कुललाई आफ्नो कब्जामा राखेकका हुन ।

यस्तै,कर्णेल  अधिकारीको मिलेमत्तोमा मेजर, विश्वराज थापाले एमबीबीएस पढ्न आएका विद्यार्थीबाट उठेको ठूलो रकम घोटला गरेको समाचार स्रोतको दावी रहेको छ ।

यसविषयमा हेडक्वार्टरमा समेत उजुरी परेको र छानविनलाई रोक्न थापा र सिंहले ठूलो चलखेल गरेको उच्च स्रोतको दावी रहेको छ । स्रोतका अनुसार, कर्णेल अधिकारीले कमिशनको लोभमा स्कुलको ग्राउण्डलाई भाडामा समेत दिइसकेका छन् ।

यसविषयमा विरोध भएतापनी उनले कमिशनको लोभमा भाडाँमा दिएको र अहिले भाडाबाट आउने रकम उनलेनै हिनाविना गर्ने गरेको समाचार स्रोतको दावी छ ।

त्यस्तै मेजर थापाले, आफूले गरेको धेरै कतुर्त बाहिर जाने डरले होष्टेलमा अभिभावलाई समेत प्रवेश गर्न आफ्नो अनुमति विना निषेध गरेको समाचार स्रोत बताउँछ ।

यसअघी कर्णेलले, गत ५ मंसिरमा कक्षा १० का विद्यार्थीविच भएको झडपलाई मिलाउनुको साटो उनले कक्षा १२ का विद्यार्थीलाई लगेर उल्टै होष्टेलमै वितंडा मच्चाएका थिए ।

यसरी कर्णेल अधिकारीको प्रवेशसँगै स्कुलमा बारम्बर वितंडा मच्चिन थालेपछि विद्यार्थीहरु आतंकित बनेका थिए भने अभिभावकमा पनि निराशा छाएको थियो । सो लगायतका विषयलाई लिएर हेडक्वर्टरमा दिनहुँ उजुरीहरु पर्ने गरेपनि  घटनालाई भित्रभित्रै लुकाउने कोशिस भएको समाचार स्रोत बताउँछ  ।

सैनिक प्रवक्ता, ताराबहादुर कार्कीले पछिल्ला यि विषयमा आफूलाई केही थाह नभएको बताउछन्  । उता समाचार स्रोतका अनुसार, अधिकारीको विषयमा हेडक्वार्टरमा बारम्बार उजुरी परेपछि छानविनका निम्ति हेडक्वार्टरबाट एक टोली विद्यालयमा पुगेको थियो । तर कर्णेलले टोलीलाईनै प्रलोभनमा पादैं फर्काउने गरेको समाचार स्रोत बताउँछ ।

यता, सेनापती राजेन्द्र क्षेत्रीले कर्णेल अधिकारीले पछिल्लो समय देखाएका गतिविधि शंकास्पद रहेको बताउँदै छानविन गरि कारबाही गर्न निर्देशन दिइसकेको सैनिक उच्च स्रोत बताउँछ ।

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्