Logo
७ बैशाख २०८१, शुक्रबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ दिनदेखि अनशनरत तिवारीको स्वास्थ्य अवस्था नाजुक !

सप्तरीको राजबिराज स्थित पछिल्लो १३ दिनदेखि आमरण अनसनरत विकास तिवारी
सप्तरीको राजबिराज स्थित पछिल्लो १३ दिनदेखि आमरण अनसनरत विकास तिवारी

राजबिराज । बेथितिका सबै हद पार गरिसकेका सप्तरी स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधार माग गर्दे आमरण अनसन बसेका बिकास तिवारीको स्वस्थ्य अवस्था नाजुक बनेको छ । आइतबार १३ दिन बितिसक्दा समेत राज्यपक्षले उनको अनसन प्रति कुनै चासो देखाएको छैन ।

अस्पतालमा न उपकरण छ सेवा छ, दरबन्दी छ तर डाक्टर छैन । आम्दानी छ सदुपयोग छैन यी तमाम बेथती राजबिराज अस्पतालकै हुन ।
यसै समस्यहरुको सुधारकालागि सप्तरी जिल्ला गोइठी निवासी गजेन्द्रवादी सदभावना पार्टीका अध्यक्ष समेत रहेका तिवारी पछिल्लो १३ दिन देखि आमरण अनसन बसेका छन् ।

राजनीतिक दल, नागरिक समाज धेरैले धेरै पटक आवज उठाएपनि यस अस्पतालको सेवा सुधारको कुनै छाँट नदेखिएपछि उनी अस्पताल परिसरकै पिपल रुखमुनी आमरण अनसन बसेका हुन्। ‘१३ दिन भयो न अस्ताल प्रसाशन न सरकार कसैको चासो देखिएन’, तिवारी भन्छन्,‘सुविधा दिएपछि यसको लाभ जनताले पाएन नपाएको हेर्ने कोही नहुनु दुखद् पक्ष हो।’

यो अस्पतामा आउने विरामीलाई डाक्टरहरुले निजी अस्पतालमा रेफर गर्ने गरेको भन्दै तिवारले भने, ‘मेरो सत्याग्रह गरिब विपन्नकालागि उपलब्ध सरकारी सुविधाको सेवा उनीहरुले पाउने समुचित ब्यवस्था होस् भन्नकालागि हो।’ ‘गरिब विपन्न गाउँबाट सस्तो र गुणस्तरीय सेवाको आश पालेर आउने गरिव जनता निजी अस्पतालको चर्को उपचार बोझबाट कहिलेसम्म बोझिने ? तिवारी भन्छन्, ‘ सरकारले यी वर्गका लागि ब्यवस्था गरेको सुविधाको लाभ उनीहरुले पाउने ब्यवस्था होस्।’

सरकारी सेवामा गरिब विपन्नको पहुँच स्थापित गराउने तिवारीको सत्याग्रह जायज भन्नेहरु प्रसस्त छन । तिवारीको लोककल्याणकारी माग सम्बोधन गर्न अस्पताल प्रसाशन एवं सरकार मौन देखिनु दुखद् पक्ष भएको भन्दै संयुतm लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले सरकारको ध्यानआकर्षण गराएका छन्। अनसनरत तिवारीको शरीरमा पानीको मात्रा कम भई स्वास्थ्य नाजुक भएपछि शनिबारबाट स्लाइन चढाउन थालिएको छ ।

शनिबारबाटै तिवारीको अनसनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समर्थन जनाएको छ । राजविराजको सरकारी अस्पतालमा उपलब्ध सेवा सुविधा जनतासम्म पुगोस, व्याप्त अनियमितताको छानबिन होस् भन्दै तिवारी १३ दिनदेखि अनसनरत छन् । तिवारी भन्छन्,‘अनसानको २२ बुँदे माँगमा अनियमितता छानविन बाहेकका माग तत्काल पूरा गर्न सकिने छ ।’

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्