Logo
१२ बैशाख २०८१, बुधबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमै प्रधानमन्त्रीलाई ‘बहुलाहा कुकुर’ले त टोकेन ? भनी प्रशन

cp_bgoe50zuflकाठमाडौं, मंसिर १७ ।  नेकपा मालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई ‘बहुलाहा कुकुर’ले त टोकेन ? भनेर प्रश्न गरेपछि संसदमा हङ्गमा मच्चिएको छ । प्रधानमन्त्रीलाई‘बहुलाहा कुकुर’ले त टोकेको’ भनेपछि संसदमा हंगामा मच्चिएको हो ।

लगतै कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको अभिव्यक्तिप्रति नियमापत्ति जनाए । भाषणकै क्रममा उनले प्रधानमन्त्रीलाई‘बहुलाहा कुकुर’ले टोकेको बताएपछि सांसदहरुले त्यो शब्दमा नियमापत्ति गरेका थिए। कांग्रेस सांसद खतिवडाले आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले मैनालीको भाषणको सो शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन्।

एमाले, माले, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले विरोध गरेपछि संसद बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगीत भएको छ। प्रमुख प्रतिपक्ष दल एमाले लगायतका दलहरुले शुक्रबारको संसद बैठकमा पनि अवरोध पुऱ्याएका छन् ।  संविधान संशोधन प्रस्तावप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी एमाले, मालेका सांसदहरुले बैठकमा उठेर विरोध गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै मालेका सांसद सीपी मैनालीले संविधान संशोधन प्रस्ताव असंवैधानिक, तराईमा बहुराष्ट्रिय राज्य बनाउने अवधारणासहित ल्याइएकोले सरकारले फिर्ता नलिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताए । सांसद मैनालीले बोलिसकेपछि संशोधन प्रस्तावको विपक्षमा रहेका एमाले, माले लगायत दलका सांसद उभिएका थिए । सभामुख ओनसरी घर्तीमगरले शान्ति प्रक्रिया, संविधान निर्माणजस्ता काममा दलहरु मिलेर नै सम्भव भएको स्मरण गराएर पटक पटक बस्न आग्रह गरिन् । तर, सांसदहरु बस्न नमानेपछि संसद बैठक मंसिर १९ गते अाइतबारसम्मका लागि स्थगित गरिएको छ ।

जवाफमा सांसद मैनालीले आफूले मान्छेलाई बहुला कुकुर भनेको नभइ, बहुला कुकुरले टोकेमा मान्छे बहुलाउने गरेको बताए । त्यसपछि सभामुख घर्तीले बहुला कुकुर शब्द रेकर्डबाट हटाउन आदेश दिएकी थिइन् ।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्