Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व सभापति अरविन्द मेहताको निधन

arbinda-mehtaइनरुवा, मंसिर १७/ जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति अरविन्द मेहताको निधन भएको छ ।

मुटु,प्रेसर र सुगरको विरामी रहेका मेहताको उपचारका क्रममा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६४ वर्षको उमेरमा निधन भएको हो ।

पंचायत कालमा प्रधानपञ्च समेत बनेका मेहता जिल्ला उपसभापतिका साथै जिविस सभापति समेत बन्न पुगेका थिए ।

मेहता मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला सल्लाहाकार रहेका थिए ।

मेहताको आजै अन्तिम संस्कार गर्ने पारिवारीक स्रोतले जनाएको छ । मेहताका दुई श्रीमति र दुई छोरा छन् ।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्