Logo
१२ बैशाख २०८१, बुधबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त नेपाली राजदूतद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

deepkumarकाठमाण्डौ, १६ मंसिर । भारतका लागि नवनियुक्त नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रवण मुखर्जी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । उपाध्यायले हिजो साँझ ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

पूर्ववर्ती सरकारले कार्यकाल पुरा गर्नु भन्दा अगाडी नै फिर्ता वोलाएपछि उपाध्याय दोस्रोपटक राजदुतमा नियुक्त भएका हुन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उपाध्यायले प्रमाणपत्र प्रस्तुत गरेका हुन् । सो अवसरमा मुखर्जीले उपाध्यायलाई उनको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्