Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी संगठनले अधिवेशनका नाममा चन्दा आतंक मच्चायो

chanda_297889753-copyकाठमाडौं । आउँदो माघमा हुने स्थानीय निकाय कर्मचारी संघको चौथो महाधिवेशनका लागि ४२ लाख ३० हजार ७ सय ५० रुपैँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यत्रो रकम कसरी यठाउने ? संघका पदाधिकारीहरुको यो चिन्ता हरेक स्थानीय निकाय र सरकारी कार्यालयबाट चन्दा उठाउने निर्णयपछि दुर भएको छ ।

नेकपा एमाले निकट स्थानीय निकाय काम गर्ने कर्मचारीहरुको संगठन रहेको सो संघका पदाधिकारीहरुले अहिले सिहदरबारस्थित विभिन्न मन्त्रालय र निकायमा व्यापाक चन्दा आतंक मच्चाउन थालेका छन् ।

दलै पिच्छे कर्मचारी ट्रेड युनियन खोल्ने कार्यले निजामती प्रशासनमा कसरी विकृति निम्त्याउँछ भन्ने उदाहरण मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले लिएका छन् । सो संघले देशका विभिन्न नगरपालिका,उपमहानगरपालिका र जिविसमा पनि अनावश्यक सहयोग गर्न अग्रहसहित पत्रचार गरेको बुझिएको छ ।

नेपाल समाचारपत्रका अनुसार, संघले आफ्नो अधिवेशनका लागि सरकारी कार्यालयहरुमा व्यापक भन्दा आतंक मच्चाउन थालेको हो । यही माघ ८ र ९ गते राजधानीमा हुने संघको चौंथो महाधिवेशनमा सहभागी हुनेहरुलाई खुवाउन,बस्न र यातायातका लागि भन्दै चन्दा असुल्न थालिएको हो ।

संघका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि ८ सय ५०,पर्यवेक्षक १ सय २०,पाहुनाहरु १ सय गरी करिब एकहजार ७० जनाका लागि खाना,बास र यातायात विविध शीर्षक गरी ४२ लाख ३० हजार ७ सय ५० खर्च लाग्नेछ ।

त्यसकालागि सहयोग पाउने अपेक्षासहित भन्दै अध्यक्ष हरिकुमार श्रेष्ठद्वारा पत्र विभिन्न सरकारी कार्यालयमा पठाइएको छ । उता संघका अध्यक्ष श्रेष्ठले बाहिर प्रचार गरिएजस्तो चन्दा आतंक नमच्चाईएको बताएका छन् ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्