Logo
१३ बैशाख २०८१, बिहीबार
(November 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच नम्बर प्रदेशका सबै स्थानमा आगो बोल्यो

butwal

काठमाडौं, १५ मंसिर । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध जताततै आक्रोश उत्पन्न भएको छ । बिरोधमा एकाबिहानैदेखि बुटवलमा यातायात ठप्प भएको छन् ।

भने प्रस्ताव दर्ता गरेको २४ घण्टा नबित्दै पाँच नम्बर प्रदेशका सबै स्थानमा आगो बलेको छ । विद्यार्थी तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा चक्काजाम गरेका हुन् ।

वुद्धिजीवी सर्वसाधरणदेखि केन्द्रमा सिमांकन संशोधनमा सहमत देखिएका दलका कार्यकर्तासमेत प्रदेशमा विरोधमा उत्रीएका छन् । चक्काजामका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् ।

५ नम्बर प्रदेशका पहाडि जिल्ला पाल्पा अर्घाखाँची गुल्मी रोल्पा प्युठान र ६ नम्बर प्रदेशका रुकुम दैलेख सल्यानलाई जोडेर आठौ प्रदेश बनाउने प्रस्ताव अविलम्ब फिर्ता नहुदँसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

५ नम्बर प्रदेश भुगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, सस्कृति र सामिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सिमांकन गरे देश नै टुक्रन सक्ने उनीहरुको चेतावनी छ ।

बुटवलसंगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ ।

विभाजनका विरुद्ध अर्घाखाँचीमा आज देखि अनिश्चितकाली बन्दको आह्वान गरिएको छ । भने गुल्मी, प्यूठान जिल्लामा पनि आज बन्दको घोषणा गरिएको छ । ति जिल्लाहरुमा बिहानै देखि प्रदर्शन हुनुका साथै यातायात,बजार ठप्प छन् ।

प्रकाशित मिति: Nov 30, 2016

प्रतिक्रिया दिनुहोस्