Logo
७ बैशाख २०८१, शुक्रबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमिर खानको घरमा चोरी, १ करोड २८ लाखको गहना गायब

aamir-khan-in-dangalबलिउडका मिस्टर परफेक्सनिष्ट आमिर खान आजकाल आफ्नो नयाँ फिल्म ‘दंगल’ को प्रोमोशन व्यस्त छन् । उनी एकातिर व्यस्त भइरहेका बेला उनको घरमा चोरी भएको छ ।

चोरले आमिरकी श्रीमती किरण रावको १ करोड २८ लाखको गहना चोरेको छ । आमिरको मुम्बईको बान्द्रास्थित घरमा चोरी भएको हो । किरणका आफन्तले खार पुसिल स्टेशनमा मुद्दा दर्ता गराएका हुन् ।

पुलिसले एफआरआई दर्ता गरेको छ । चोरी भएको सामानमा किरणको गहना, औंठी र हिराको नेकलेस रहेको छ । किरणको बेडरुमबाटै यी सबै गहना चोरिएको हो ।

किरण आफ्नो श्रीमानसँग कार्टर रोडस्थित एक अपार्टमेन्टमा बस्छिन् । बान्द्रास्थित यो घरमा उनीहरु कहिलेकाँही मात्र जाने भएकाले सायद चोरले यसैको फाइदा उठाएको हुनसक्ने स्रोतले बताएको छ ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्