Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोजगारीको लागि युएई आएका ३ नेपाली सडकमा भेटिए

pidit-1युएई । वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका तीन नेपाली अलपत्र परेका छन् । काठमाडौको सामाखुशीमा रहेको ईलाइट हुमन रिसोर्स प्रालिबाट क्लिनिङ्ग कामदारको रुपमा युएई आएका मोरङ्गका सुनिल लिम्बु, सागर राई र झापाका बेनु राई अलपत्र अवस्थामा सडकमा भेटिएका हुन् ।

उनीहरु करिब चार महिना पहिले सो म्यानपावर मार्फत युएईको शारजाह स्थित एक क्लिनिङ्ग कम्पनीमा कामदारको रुपमा आएका थिए । नेपालबाट आउने बेलामा म्यानपावरले ९०० युएई दिहराम न्युनतम तलब भनेर सम्झौतापत्रमा हस्ताक्षर गराएको र उनीहरुले सो म्यानपावरलाई १ लाखका दरले रकम बुझाएका थिए ।

युएई आइसकेपछि कम्पनीमा दैनिक १६ घण्टासम्म काम गरेको तर न्युनतम तलब भने ५०० युएई दिहराम मात्र दिएको उनीहरु बताउछन् । आफुले पाउनुपर्ने तलब र ओभर टाइमको बारेमा कम्पनी संग पटक पटक अनुरोध गर्दा उल्टै धम्की दिएको उनीहरुले बताए । नेपालमा रहेको इलाइट म्यानपावरलाई पनि उनीहरुले फोेन गरेर आफुहरुलाई घर फर्काउन पटक पटक अनुरोध गरेको तर म्यानपावर सञ्चालक बिष्णु बहादुर भण्डारीले शुरुमा नेपाल फर्काउने आश्वासन दिएको तर पछि फोन नै उठाउन छोडेको पिडितहरु बताउछन् ।

उनीहरुले भक्कानिँदै भने– “एकदिन कम्पनी मालिकले घर पठाउछु भन्दै तयारी हुन आदेश दिए । हामी नेपाल जाने भनेर झोला तयारी गरेर कोठा बाहिर आयौ । हामी बाहिर आए पछि मालिकले कोठामा ठुलो ताला लगाएर तिमीहरु जहाँ जान मन छ जाओ , म तिमीहरुलाई चिन्दिन , भनेर हिड्यो अनि हामी सडकमा आयौ ।

कोही चिनेको छैन । कहाँ जाने ? के गर्ने एक दिन पार्कमा सुत्यौ , अनि दोस्रो दिन लेबर कोर्टको खोजीमा जादा समुन्द्रको किनारको ढुङ्गामा सुत्यौ, कहिले मस्जिदमा कहिले सडकपेटिमा सुत्दै दिन काट्यौं ।” उनीहरुलाई सो अवस्थामा नेपाली जनप्रगतिशिल मोर्चा युएईका सदस्य कमल पोखरेलले भेटेका थिए ।

उनीहरु अहिले युएईको लेबर कोर्ट र पुलिसमा पनि पुगेका छन् । तर, लेबर कोर्टले पटक पटक बोलाएको र उल्टै नै १३०० दिहराम लिएर आउन भनेको उनीहरुले जानकारी दिए । अब फेरी कोर्टले नोभेम्बर ३० तारिक बोलाएको पनि बताए । मोर्चाका प्रतिनिधिहरुको सहयोगमा केही रकम संकलन गरेर उनीहरु नेपाली दुतावास अबुधावीमा पनि पुुगेको र दुतावासले पनि युएईको लेबर कोर्टको निर्णय पर्खनु पर्ने जानकारी दिएको बताए ।

आफुहरु नेपाल फर्कन चाहेको भन्दै उनीहरुले नेपाल सरकार र सम्बन्धित निकायहरुसंग पहलको लागि अुनरोध गरेका छन । अहिले कमल पोखरेलले उनीहरुलाई बस्न र खानको व्यवस्था गरेका छन् ।  लक्ष्मण खनालको सहयोगमा

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्