Logo
१५ चैत्र २०८०, बिहीबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखाकी कृतिकाको रहर गाउँने र नाच्ने

kritika-768x893काठमाडौं । गायन र मोडलिङ एकसाथ अगाडी लैजाने थुप्रै कलाकार छन् । ति मध्यकी एक हुन् –कृतिका जिरेल । दोलखाकी कृतिका गायन र म्युजिक भिडियो मोडलिङमा एकसाथ रमाउदै आएकी छन् ।

अञ्जु पन्त, स्वरुपराज आचार्य लगायतका चर्चित गायक गायिकाको गीत माथी बनेको म्युजिक भिडियोमा अभिनय गरेकी उनका लोक तथा राष्ट्रिय गीत पनि स्वर रहेको छ । ‘कसरी विर्सु’, ‘दोलखाको चरिकोट’, ‘नाचु नाचु लाग्यो’, ‘ओप्रिया बाँधी राखन मलाई’, ‘ओइ हयाण्डसम’लगायत उनका बजारमा चिनिएका गीत हुन् ।

गायिका अञ्जु पन्त मन पराउने उनी आफ्नो प्रेरणा पनि पन्तलाई नै मान्दै आएकी छन् । गीत संगीतमा पनि आधुनिक तिर बिषेश झुकाव भएकी उनी ब्युटिसियन पनि हुन् । यस पेसाबाट चिनिन भने उनी बाँकी छिन् । आफ्नो रहर गाउने र नाच्ने भएको उनी बताउँछिन् ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्