Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा गर्न दक्षिण कोरियाली राष्ट्रपति तयार

mediaitem92705937सिओल, एजेन्सी  । दक्षिण कोरियाली राष्ट्रपति पार्क गिउन–हेले आफू राजीनामा गर्न तयार रहेको बताएकी छिन् । राष्ट्रपति हेले कोरियाको संसद्लाई आफ्नो राजीनामाका लागि सहयोग गर्न आग्रह गरेकी छिन् । आफ्नो साथीलाई व्यक्तिगत फाइदाको लागि सहयोग गरेको आरोपमा छानविन भइरहँदा उनीमाथि राजीनामाको लागि दबाब बढेको छ । केही दिनअघि मात्र उनको विरोधमा ठूलो प्रदर्शन गरिएको थियो ।

उनले आफ्नो कार्यकालबारे निर्णय लिने सबै अधिकार संसदलाई छाड्ने बताएकी छिन् । विपक्षीले राष्ट्रपतिमाथि महाभियोग मुद्दा लगाएर छानविन आवाज उठाइरहेका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै सांसद्हरुले सहज शक्ति हस्तान्तरणको सहज संक्रमणकालिन व्यवस्थाको निक्र्यौल गरे आफू राजीनामा दिन तयार रहेको बताएकी छिन् ।

यसअघि उनले दुई पटक माफी मागेकी थिइन्, तर राजीनामा बारे मौन थिइन् । उनको साथी चोइ सुन–सिल अहिले हिरासतमा रहेकी छिन् । अनुसन्धानकर्ताहरुले यस मामिलामा राष्ट्रपतिको ठूलो भूमिका रहेको आशंका गरेका छन् ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्