Logo
६ बैशाख २०८१, बिहीबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबल टोलीसहित ८१ जना रहेको विमान दुर्घटनामा

3626काठमाडौं ।  ब्राजिलको फुटबल टोली बोकेको विमान कोलम्बियामा दुर्घटना भएको छ ।बोलिभियाबाट कोलम्बियाको मेडेलिन अन्र्तर्राष्ट्रय विमानस्थलतर्फ गइरहेको विमान दुर्घटनामा परेको हो । विमानमा ७२ जना यात्रा गरिरहेको बताइएको छ ।

अधिकारीहरूले यसबारेमा प्रतिक्रिया लिइरहेका छन् । एयरपोर्टले ट्विटरमा बताए अनुसार विमान बोलिभियाबाट कोलम्बियाका लागि प्रस्थान गरेको हो ।

columbia_crash_brazilian_footbal_teamस्थानीय मिडियाले बताए अनुसार चापेकोन्से नामको ब्राजिलियन फुटबल टोलीलाई लिएर उक्त विमान उडेको थियो ।

यो फुटबल टिमले कोलम्बियाको एट्लेटिको न्यासियोनियल समूहसँग बुधवार कोपा सुडामेरिकाको अन्तिम खेल खेल्न गइरहेको थियो ।

मेडलिनका मेयर फेडेरिको गुटेरियजले दुर्घटना भएको भएता भए पनि अझै केही व्यक्तिहरू बाच्ने सम्भावना रहेको बताए ।

गुटेरियजले यो दुर्घटना खेल क्षेत्रका लागि अत्यन्त ठुलो क्षति भएको बताए ।

उनले दुर्घटनास्थलमा ठुलो मात्रामा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरू परिचालित गरिएएको बताए । के कारणले विमान दुर्घटना भएको हो , अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्