Logo
१५ चैत्र २०८०, बिहीबार
(November 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा बसमा ‘जो पनि’ यात्रा गर्नेमा प्रधानमन्त्री पुष्पकमल पनि

pm-prachand-in-sajha-1काठमाडौँं ।  साझा बसमा ‘जो पनि’ यात्रा गर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि परेका छन् । साझा बसमा सम्भवतः पहिलो पटक बाहालवाला प्रधामन्त्री चढेर यात्रा गरेका हुन् ।  आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गरे । आइतबार बिहान साझा बस समितिको कार्यक्रम समुद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै साझाको बसमा चढेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, आपूर्ति मन्त्री दिपक बोहोरासहितका सरकारी अधिकारीहरु पनि सिंहदरबारस्थित कार्यालय फर्किएका थिए ।  बस सेवाको सुभारम्भ गर्दै प्रधानमन्त्रीले उपत्यकामा सवारी सेवालाई व्यवस्थित गर्न साझा यातायातले गरेको कामको उल्लेखनीय योगदान रहेको भन्दै प्रशंसा गरे ।

उनले उपत्यकाका तीन वटै जिल्लामा यातायात संचालन र त्यसको व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले एकीकृत योजना बनाउन लागेको जानकारी पनि दिए । साझाले नया संचालनमा ल्याएको बसमा २ वटा ह्वील चियर अटाउने व्यवस्थासमेत गरिएको छ । ३० वटा बस थपिएसँगै साझाको बसको संख्या ४६ वटा पुगेको छ । साझाले गत मंसिर १ गते नै यातायात व्यवस्था विभागबाट नयाँ रुट अनुमति लिएको थियो ।

नयाँ रुट सहित पुरानोमा विस्तार गरेर ४ वटा रुटका लागि इजाजत पाएको हो । नयाँ रुट अनुसार आईताबारदेखि अन्तराष्ट्रिय विमानस्थलमा झरेका यात्रुले आफनो लगेज साझा बसमै राखेर नयाँ बस पार्कसम्म पुग्न सकिनेछ । यस सेवाबाट विशेष गरेर विदेशबाट फर्कनेहरु बढि लाभान्वित हुने बताइएको छ । नयाँ रुट अनुसार लगनखेल, जाउलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, नेपाल वायु सेवा निमग, जमल, लौनचौर, लाजिम्पाट, पानी पोखरी, टिचिङ, नारायणगोपाल चोक, बसुन्धरा, सामाखुसी हुँदै नयाँ बसपार्कसम्म चल्नेछ । सरकारले यातायात व्यवस्थालाई व्यवस्थित बनाउने भन्दै २० वर्ष अघिका पुराना सवारी साधनलाई हटाउने निर्णय पनि गरेको छ ।

pm-prachand-in-sajha-2

प्रकाशित मिति: Nov 27, 2016

प्रतिक्रिया दिनुहोस्