Logo
७ बैशाख २०८१, शुक्रबार
(November 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन प्रस्तावको विरोध गरे एमालेविरुद्ध आन्दोलन सुरु हुने

rajendra-mahatoभैरहवा । मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्तावको विरोध गरे एमालेविरुद्ध आन्दोलन सुरु हुने चेतावनी दिएका छन् । साथै उनले संविधान संशोधन प्रस्ताव दर्ता नभएपनि आन्दोलन हुने बताए । भैरहवामा आयोजित कार्यक्रममा महतोले कुनै पनि बेला आन्दोलन सुरु हुन सक्ने भन्दै तयार रहन निर्देशन दिए ।

उनले भने, संविधान संसोधनको प्रक्रिया अगाडी नबढे वा सरकारले ल्याएको ठीक प्रस्तावको पनि विरोध गरे एमालेविरुद्ध आन्दोलन सुरु हुन्छ ।’ महतोले संविधान संशोधन नभएसम्म सरकारले मधेसमा कुनै निर्वाचन पनि गर्न नसक्ने दाबी गरे ।

कार्यक्रममा पूर्वप्रमुख जिल्ला अधिकारी अब्दु कलाम, तराई मधेस राष्ट्रिय अभियानका प्रशान्त गुप्ता, राप्रपाका जोगिन्दर चौधरी लगायत करिब ५ सय कार्यकर्ता पार्टीमा प्रवेश गरेको सदभावना पार्टीका केन्दि्रय उपाध्यक्ष ओमप्रकाश यादवले (गुल्जारी) बताए ।

प्रकाशित मिति: Nov 26, 2016

प्रतिक्रिया दिनुहोस्