Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चरम दक्षिणपन्थी’ नेताको ट्विटर एकाउण्ट निलम्बन

twitterवासिंङटन । विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको बताएको छ। ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरुको एकाण्ट हाललाई निलम्बन गरको जनाएको छ। तर उसले के करणले उनीहरुको एकाउण्ट निलम्बन गरको भन्ने बारेमा भने केही खुलाएको छैन्।

आफ्ना प्रयोगकर्ताका लागि उनीहरुले आपत्ति जनक तथा घृणित लागेको सामाग्रीका बारेमा उजुरी दिन मिल्ने सुविधा ल्याएको एक हप्ता नबित्दै ट्व्टिरले चरम दक्षिणपन्थी सदस्यहरुको एकाउण्ट निलम्बन गरकोे हो। यता आफ्नो एकाउण्ट निलम्बनमा परेका केही नेताले भने अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्ने प्रतिबद्धता गरेकाले ट्विरटरको साटो ‘ग्याब नामक माइक्रो ब्लगिङ साइट प्रयोग गर्न आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन्।

चरम दक्षिणपन्थी नेताहरुले महिलावादी र राजनीतिक संशोधनवादलाई तारो बनाएको भन्दै उनीहरुको सँधै आलोचना हुँदै आएको छ। अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका केही समर्थकसमेत चरम दक्षिणपन्थी भएको आरोल लाग्दै आएको छ। तर हालै ट्रम्पले चरम दक्षिणपन्थीको आरोप लागेका एक समाचार साइटका प्रमुख स्टिभ ब्यानोनलाई आफ्नो प्रमुख रणनीतिक सल्लाकार नियुक्त गरेका थिए।

प्रकाशित मिति: Nov 26, 2016

प्रतिक्रिया दिनुहोस्