Logo
७ बैशाख २०८१, शुक्रबार
(November 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ दल र मधेशी मोर्चावीच सहमति

madheshiकाठमाडौं । सत्तारुढ दल र मधेशीमोर्चावीच संविधान संसोधनको प्रस्ताव अगाडि बढाउने सहमति भएको छ । संविधान संसोधन प्रस्ताव दर्ताका लागि अन्तिम गृहकार्य गरिरहेका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आज सत्तारुढ दल र मधेशी मोर्चावीच वैठक बोलाएका थिए । वैठकमा प्रस्ताव अगाडि बढाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले आजको वैठकमा संविधान संसोधन प्रस्ताव अगाडि बढाउनेमा सहमति भएको बताए । उनले भने, ‘संसोधन प्रस्ताव अगाडि बढाउने विषयमा आज सहमति भएको छ । मोर्चाले प्रस्ताव दर्ता भएपछि त्यसमा आफ्नो धाराणा दिने बताएको छ । तर, मोर्चाले प्रक्रिया अगाडि बढाउन सहमति दिएको छ ।’

प्रमुख प्रतिपक्ष दल एमालले संविधान संसोधनमा सहमति नजनाएपछि सत्तारुढ दल र मोर्चावीच प्रस्ताव दर्ता गर्ने सहमति बनेको हो । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी थिए ।  राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले भने ‘सरकारले संसोधन प्रस्ताव दर्ता गराएपछि त्यसमाथि हामीले आफ्नो धाराणा राख्छौँ ।’ बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्रीलाई जिम्मा दिएको छ ।

बैठकमा प्रधानमन्त्रीले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सिमांकनका विषयमा संशोधन प्रस्ताव पेश गर्ने तथा प्रस्ताव दर्ता भइसकेपछि प्रमुख प्रतिपक्षीसहित अन्य दलसँगसमेत छलफल गरेर सहमति खोजिने प्रस्ताव राखेका थिए । मोर्चाका नेताहरुले सरकारले प्रस्ताव दर्ता गराएपछि मोर्चाले त्यसपछि आफ्नो धारणा बाहिर ल्याउने बताएको छ । यस अघि मोर्चाले पहिला सहमति गरेर मात्र संसोधन प्रस्ताव दर्ता गर्न माग गरेको थियो ।

सरकारले भाषा, राष्ट्रिय सभा, नागरिकता र सीमाङ्कन गरी चार विषयमा संविधान संसोधनको प्रस्ताव तयार पारेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारले तयार पारेको प्रस्तावमा मधेशी मोर्चाको सहमति खोजेका थिए । तर, मोर्चाले पहिला प्रस्ताव दर्ता गराएपछि आफुहरुले धाराण दिने बताएका छन् ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने सात प्रदेशसहितको संशोधन स्वीकार्य नभएको बताएका छन् । विपक्षी एमालेले संसोधन संसोधन प्रस्ताव अगाडि बढे सडक र सदन दुवैतर्फबाट आन्दोलन गर्ने बताएको छ । सोमबार राति सत्तारुढ कांग्रेस र माओवादीका नेताहरूसँगको भेटमा ओलीले संशोधन प्रस्ताव आए ‘प्रतिपक्षको भूमिका’ देखाउने बताइसकेका छन् । संशोधन प्रक्रिया अघि बढे सडकमा प्रदर्शन गर्ने तयारी अनेरास्ववियु र युवा संघले गरिसकेका छन् ।

मंगलबार बेलुका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीसहित वरिष्ठ केन्द्रीय सदस्यहरू सम्मिलित बैठकले एमाले, मधेसकेन्द्रित दल र आन्तरिक छलफल गरी सहमतिमै संविधान संशोधनका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले यसका लागि आफुले एमालेसँग पनि वार्ता गर्ने बताएका छन् । देउवाले आज एमालेसँग वार्ता गर्ने जनाएका छन् ।

प्रकाशित मिति: Nov 23, 2016

प्रतिक्रिया दिनुहोस्