Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीमा हजारौं नेपालीको सडकमा बास

7161-copyकाठमाडौं ।  वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका हजारौं प्रवासी नेपालीहरुको बास सडकमा हुने गरेको छ ।

चार दर्जन भन्दा बढी कम्पनीमा कार्यरत नयाँ तथा पुराना हजारौं नेपाली कामदार यतिबेला सडकमा रहेका छन् । कम्पनीले  महिनौंदेखि तलब नदिने, खानबस्न नदिने, रातारात कम्पनीबन्द गरेर सञ्चालक भाग्ने, लेबर कोर्टबाट भएका निर्णयहरु कार्यान्वयन नगर्ने, साउदी सरकारबाट आश्वासन मात्रै प्राप्त हुने कार्यान्वयन पक्ष फितलो हुने लगायतका समस्याले साउदीमा रहेका नेपालीको सडकमा बास हुने गरेको हो ।

साउदी स्थीत नेपाली दूतावासका, कार्यबाहक राजदुत आनन्द शर्माले साउदीमा नेपालीको अवस्था गम्भीर रहेको स्वीकारे । उनले, नेपाली पुरुष तथा महिला कामदारले भोगिरहेका समस्या दिनप्रतिदिन जटिल र विकराल हुँदै गएको र दूतावास एक्लैले समाधान नै गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले भने,‘समस्यामा परेका नेपाली कामदारहरुले उद्धारको अपेक्षा गर्दै धेरै  फोन गर्नुहुन्छ, तर नेपाल सरकारको सहयोग नमिल्ला धेरैलाई उद्दार गर्न सकिएको छैन् ।’

यसैविच, साउदी अरबमा रहेका नेपालीहरुको उद्धारमा नेपाल सरकारबाट पनि निर्देशन र आश्वासन मात्रै प्राप्त हुने गरेपनि ठोस पहल हुन नसकेको पाइएको छ ।

सम्बन्धित मन्त्रालयबाट आर्थिक, भौतिक र प्रशासनिक सहयोग केही नपाउने दुतावासको अनुरोध र प्रतिवेदनलाई बेवास्ता गरेर नेपालबाट दैनिक नयाँ कामदारहरु पठाएर समस्या थपिदिने क्रम समेत नरोकिएपछि त्यहाँको दूतावास आफै समस्यामा परेको हो । यसले गर्दा अलपत्र कामदार थप मारमा परेका छन् ।

प्रकाशित मिति: Nov 21, 2016

प्रतिक्रिया दिनुहोस्