Logo
८ बैशाख २०८१, शनिबार
(November 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई सिमेन्ट उद्योगलाई उत्पादन नगर्न सिलबन्दी

siment-news
बारा । नापतौल तथा गुणस्तर नियन्त्रण विभागले वीरगंजका दुई सिमेन्ट उद्योगलाई उत्पादन नगर्न सिलबन्दी गरेको छ साथै अरुमा पनि सिलबन्दी गर्ने तैयारी गरि रहेको श्रोतले बताएको छ ।

बजारबाट गुणस्तरहीन नमूना भेटिएपछि विभागले एक महिना पहिले पत्राचार गरी उत्पादन रोक्न निर्देशन दिंदै कम्पनीमा सिलबन्दी गरेको हो । सिलबन्दी हुने उद्योगहरूमा वीरगंज–पथलैया औद्योगिक कोरिडोरको पर्सा, लिपनीबिर्तास्थित कलश सिमेन्ट र बारा, बकुलियाको एडभान्स सिमेन्ट अरनिको सिमेन्ट तथा भैरहवाको रिलायन्स सिमेन्ट रहेका छन् ।

नापतौल तथा गुणस्तर नियन्त्रण विभागले सो उद्योगहरूले गुणस्तरहीन सिमेन्ट बजारमा पठाएको बताएको छ । यस विषयमा कलश सिमेन्टका सञ्चालक अनिल पटवारीसग बुझ्दा उनले हामीकहा हिजोदेखि मात्रै विभागले उत्पादन ठप्प गराएको बताए ।

उनले हचुवाको भरमा सिलबन्दी गरी उद्योगको उत्पादन ठप्प पारेको आरोप लगाए । त्यसैगरी, रिलायन्स सिमेन्टको छातापिपरास्थित प्लान्ट रिलायन्स सुपरटेक सिमेन्ट उद्योगका प्रबन्धक विनय झासग बुभ्mदा उनले के कारणले सिलबन्दी गरिएको आपूmलाई सो विषयमा जानकारी नभएको बताए । तर यो घटना डेढ महिना पहिले भएको उनले बताए ।

प्रकाशित मिति: Nov 20, 2016

प्रतिक्रिया दिनुहोस्