Logo
७ बैशाख २०८१, शुक्रबार
(November 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से तीन अंकले घट्यो, कारोवार रकम भने बढेर एक अर्ब १९ करोड माथि

काठमाडौं । आज पनि नेप्से तीन दसमलव एक अंकले घटेर १६ ९८ दसमलव ९० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव ५६ अंकले घटेर तीन सय ६७ दसमलव ७२ अंकमा कायम रहेको छ ।

नेप्से घटेपनि कारोवार रकम भने आज बढेको छ । कुुल एक सय ४३ कम्पनीहरुको चार हजार छ सय ८८ वटा कारोवारमा १० लाख ७७ कित्ता सेयर खरिद बिक्री भएकोमा एक अर्ब १९ करोड ३० लाख ११ हजार सात सय ७४ रुपैयाँको कारोवार भएको छ ।

आज वटा समुहको कारोवार भएकोमा चार वटा समुहको कारोवार बढेर तीन वटा समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ६२ दसमलव ५८ अंकले बढेर आठ हजार आठ सय ८३ दसमलव १४ अंकमा कायम रहेकोमा ३६ करोड ५४ लाख ६२ हजार रुपैयाँको कारोवार भएको छ ।

होटल समुहको सुचक पनि ४२ दसमलव ६८  अंकले बढेर २२ सय १९ दसमलव ९० अंंकमा कायम रहेकोमा ५६ लाख ५५ हजार पाँच सय ४० रुपैयाँको कारोवार भएको छ । फाईनान्स समुहको सुचक एक दसमलव ३१ अंकले बढेर आठ सय १० दसमलव नौ अंंकमा कायम रहेकोमा एक करोड ६९ लाख ७८ हजार दुुई सय रुपैयाँको कारोवार भएको छ ।

अन्य समुहको सुचक एक दसमलव १६ अंकले बढेर सात सय ५८  दसमलव तीन अंकमा कायम रहेकोमा ६४ लाख ५७ हजार पाँच सय ६० रुपैयाँेको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव ६१ अंके घटेर १५ सय ९१ दसमलव ५७ अंकमा कायम रहेकोमा ६३ करोड २८ लाख ७४ हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैक समुहको सुचक १३ दसमलव ६९ अंकले घटेर १७ सय ७६ दसमलव ८७ अंकमा कायम रहेकोमा १२ करोड ३४ लाख ३३ हजार रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुुचक पनि आज  २३ दसमलव ९४  अंकले घटेर २१ सय ७० दसमलव २२ अंकमा कायम रहेकोेमा एक करोड ९५ लाख ६६ हजार नौ सय रुपैयाँको कारोवार भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको सिर्जना फाईनान्सको सेयर मुल्य १० रुपैयाँले बढेर छ सय ३८ रुपैयाँमा कारोवार भएको छ । गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको  आईएलएफसिओ माईक्रो फाईनान्सको सेयर मुुल्य नौ रुपैयँ ९० पैसाले घटेर सात सय ८० रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानम परेको  एभरेष्ट बैकको तीन हजार सात सय ९५ रुपैयाँ अन्तिम मुल्यमा  ३८ करोड ९५ लाख एक हजार पाँच सय ८६ रुपैयाँको कारोवार भएको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
सिर्जना फाईनान्स ६३८ १०
अरुण फाईनान्स ११५ ७.४८
नेशनल लाईफ इन्स्योरेन्स ३५६० ५.६७
प्राईम लाईफ इन्स्योरेन्स २२४९ ३.८८
एशियन लाईफ इन्स्योरेन्स  १७८०  ३.७३

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
आईएलएफसिओ माईक्रो ७८० ९.०९
महिला सहयात्रा बित्तीय संस्था ९७५ ७.४०
रिलायवल माईक्रो फाईनान्स १८४१ ५.५८
राष्ट्रिय बीमा कम्पनी  १२४९० ५.३७
साझा बिकास बैैंक १२४९० ५.३७

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
एभरेष्ट बैंक ३८९५०१५८६ ३७९५
नेशनल लाईफ इन्स्योरेन्स २२७५१६६५० ३५६०
गरिमा बिकास बैंक ५२०८७४२३ ४३५
स्टान्र्डड चार्टड बैैंक ३३२९८७३८ ३१४३
नेपाल एसबिआई बैैंक २९१५९११७ १६६०

 

प्रकाशित मिति: Nov 16, 2016

प्रतिक्रिया दिनुहोस्