Logo
१३ बैशाख २०८१, बिहीबार
(November 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लब माओवादीको नेपाल बन्दले देशभरको जनजीवन अस्तव्यस्त

banda

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दको असर मुलुकभरमै परेको छ । महङ्गी, भ्रष्टाचार र कालोबजारी रोक्न माग गर्दै आब्हान गरिएको बन्दमा हिंश्रक गतिविधि हुन नदिन प्रहरीले बिहानै मुलुकभर गरी प्रहरीले एक सय बढीलाई पक्राउ गरेको छ । त्यसैगरि राजधानीमा कडा सुरक्षा पारिएको छ ।

काठमाडौं उपत्यकाबाटमात्र ५ दर्जन भन्दा बढी पक्राउ परेका छन् । बेला प्रहरीले नेकपा (माओबादी)का दर्जनौ नेता कार्यकर्ता गिरफ्तार गरेको छ । यसैक्रममा प्रहरीले अखिल क्रान्तिकारीका अध्यक्षसहित दर्जनौ नेता/कार्यकर्तालाई गिरफ्तार गरेको छ । खद्यवस्तुमा ५० प्रतिशत मूल्य घटाउने पर्ने भन्दै प्रदर्शनमा उत्रेका अखिल क्रान्तिकारीका अध्यक्ष सिंह,अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने, उपत्यका समन्वय समितिका संयोजक लोकेश विश्वकर्मासहित १७ विद्यार्थी नेता/कार्यकर्तालाई गिरफ्तार गरेको छ । उनीहरुलाई कालिमाटी प्रहरी वृतमा राखेको छ ।

काठमाडौंमा पक्राउ परेकाहरुलाई, सिंहदरबार, कालिमाटी, महाराजगञ्जलगायतका प्रहरी वृतहरुमा राखिएको छ । यसैबीच, बन्दकर्ताले चढेका दुईओटा मोटरसाईकल महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ । बन्दका कारण सार्वजनिक यातायातका साधन चलेका छैनन् । जसले गर्दा सर्वसाधारणले दुःख पाएका छन् । माओवादीको पकड क्षेत्र पश्चिममा अझ बढी प्रभाव परेको जनाइएको छ । दोलखामासमेत बन्दको बहानामा माओवादीले दुई मोटरसाइकल र एउटा कार जलाएका छन् ।

बन्दकर्ताले बलेरो जिपमा आगजनी गरे

सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् ।

काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए ।

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताउनुभयो । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उहाँको भनाइ छ ।

यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ । यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ ।

त्यसै गरि  विप्लव समूहका कार्यकर्ताहरुले आज बिहानै अत्तरिया ९ धनगढी सडक खण्डमा से १ क ४३७ नम्बरको ट्रकमा आगजनी गरेका छन् । दाङबाट सिमेन्ट बोकेर आउँदै गरेको उक्त ट्रकलाई रोकेर पेट्रोल छर्केर आगजनी गरिएको हो।

प्रकाशित मिति: Nov 13, 2016

प्रतिक्रिया दिनुहोस्