Logo
१२ बैशाख २०८१, बुधबार
(November 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विचार: मोवाइलमा थ्रीजी सेवासगै ग्रामिण भेगमा बढ्यो पारिवारिक आशंका !

3g-mobile-newsटोमराज मेहता,

इनरुवा । सुनसरीको बिभिन्न ग्रामिण क्षेत्रमा दुरभास केन्द्रले अत्याधुनिक थ्रिजी सेवा सूचारु गरेपछी सो क्षेत्रमा अधिकाँश महिलाहरु त्यसको फाईदा लिन थालेसँगैं सो क्षेत्रका पुरुषहरुलाई भने सो सेवा ठाउँको दुखाईको बिषय बन्न पुगेको छ । बैदेशिक रोजगारका लागी गएका श्रीमान्हरु आजभोली आफना श्रीमतीहरु सँग बिदेशबाट भिडियो र ओडियो गफगाफ गर्नको लागी थ्रीजी सेवाप्रति ग्रामिण क्षेत्रका महिलाहरु आर्कषित बन्दै गएको पाइन्छ । घरमै बसिबसि सजिलै सँग मोबाईलबाट थ्रीजी सेवाले गफगाफ गर्न पाउँदा उनीहरु यस सेवा तर्फ आकर्षित बन्दै गएका छन् ।

महिलाहरु थ्रि सेवाबाट बढी सेवा लिन थालेपछी गा्रमिण क्षेत्रका पुरुष(श्रीमान) र बुवा अहिले थप टाउको दुखाईको चपेटामा परेको अनुभुति गर्न थालेका छन् । बैदेशिक रोजगारमा गएका श्रीमानहरुसँग र आफन्तसँग कुरा गर्न त ठिकै हो यसका बाहेक अन्य प्रक्रियामा थ्रिजीलाई प्रयोग गर्ने खतरा बढेको बुद्धिजिवीहरु बताउछन् । थ्रिजिको माध्यमबाट अश्लिल दृष्यसँगै अन्य असमन्धित क्षेत्रसँग सिधैं सम्पर्क जोडिने भएको हुँदा घरमा रहेकी छोरी बुहारी, छोरा छोरी यसको गलत प्रयोग गर्न सक्ने खतरा बढेर गएको सुनसरी दक्षिणवर्ती गाविस रामनगर भुटाहाका तसलिम मियाँले बताए ।

सुनसरी हरिनगरा गाविस ५ की पुनम मेहता गाउँमा थ्रीजी सेवा उपलब्ध भएपछि साउदी अरबमा रहेका श्रीमान् श्यामप्रसाद मेहतासँग सजिलै सँग घरबसीबसी मोबाईल फोनमा भिडियो सहित कुराकानी गर्न पाउँदा उनी एकदमै आनन्दीत महसुस गर्छिन् । पुनम भन्छिन् त्यत्ति बेला ः श्रीमान् बिदेश गएको बेला कहिलेकाँही टेलिफोनमा कुराकानी भएतापनि सन्तुष्टि नहुने र पछिल्लो समय हाम्रो क्षेत्रमा पनि थ्रीजी सेवा उपलब्ध भएपछि श्रीमान् सँग प्रत्यक्ष देखादेख हुने गरी कुरा हुन थालेपछी श्रीमान आफुबाट टाढिएको महसुुस पनि हुन छाडेको बताईन् ।

त्यसैगरी नेपालमा रोजगारीको सृजना नभएपछि बैदेशिक रोजगारका लागी सुनसरी हरिनगरा गाविस ७ की सुशिला मेहता मलेसिया गईन् । गाउँमा नेटर्वकको समस्याले गर्दा श्रीमान् तिलक मेहतासँग भलाकुसारी गर्न एकदमै समस्या हुने गरेको थियो तर पछिल्लो समय गाउँमा नेपाल टेलिकम र एनसेलको थ्रीजी सेवा उपलब्ध भएपछि सजिलै सँग भिडियो सहित कुराकानी गर्न पाउँदा श्रीमती बिदेशमा नभई घरमै रहेको आफु महसुस गर्न थालेको तिलक मेहता बताउँछन् । यी दुई जना उदाहरणका पात्र मात्र हुन् । उनी जस्ता ग्रामिण क्षेत्रमा थ्रीजी सेवा प्रयोग गर्नेहरुको संख्या हजारौंमा छ ।

सुनसरीको ग्रामिण क्षेत्रमा बसोवास गर्ने स्थानियबासीहरुलाई आफनो मुलुकमा रोजगारीको सृजना हुन् नसकेपछि अधिकाँश जसो युवाहरु बिदेश जाने गरेका छन् । नेपाल सरकारले नागरीकहरुका लागी ठोस रोजगारीको सृजना गर्न नसक्दा मुलुुुुकमा बढ्दै गएको बेरोजगारी समस्या र यसले निम्ताएको बैदेशिक रोजगारमा गएकाहरुसँग सम्र्पक नहुने महिनौं र वर्षौ सम्म कुराकानी नहुने जस्ता समस्या थ्रीजी सेवाले ग्रामिण क्षेत्रमा सहज बनाए पनि यसले सुविधासँगै बिकृतिलाई पनि निमन्त्रणा दिएको जानकारहरुको कथन छ ।

दैनिक भिडियोमा गफ गर्न पाउँदा विदेशमा भएका श्रीमानसँग टाढा भएको महसुस समेत नभएको ग्रामिण क्षेत्रकी सिता ठाकुरको भनाइ छ । विगत एक वर्षदेखि कतारमा मजदुरी गर्दै आएका श्रीमानसँग अहिले दैनिक रूपमा भिडियोमै कुराकानी हुने गरेको बताउदै उनले श्रीमानबाट पाउनुपर्ने माया प्रिति अव मोवाईलमै भएपनि दुःखम सुखम पाउन थाल्दा उनि एकदमै हर्षित छिन् । दिनप्रतिदिन ग्रामिण क्षेत्रबाट रोजगारका लागी बिदेशीने गरेको संख्या बढ्दै गएको पाइएको छ ।

जसरी ग्रामीण क्षेत्रबाट दिनप्रतिदिन युवाहरु बिदेश पलायन हुने संख्यामा बृद्धि भएको पाईएको छ ठीक त्यसरी नै अहिले ग्रामीण क्षेत्रहरुका युवायुवती इन्टरनेटको प्रयोगमा उल्लेखनिय वृद्धि हुँदै गएको छ । नेपाल टेलिकम र एनसेलको थ्रीजी इन्टरनेट सेवाले ग्रामीण क्षेत्रमा ठूलै परिवर्तन ल्याएको छ । सुनसरी सदरमुकाम इनरुवा लगायत आसपासका ग्रामिण क्षेत्रमा अहिले नेपाल टेलिकम र एनसेलको थ्रीजी इन्टरनेट सेवाले अहिले बिदेशबाट आफना घरपरिवारसँगै सजिलै भिडियोबाट कुराकानी गर्न सकिन्छ । बिदेशबाट श्रीमान्ले श्रीमतीसँग, युवाले आफनो प्रेमिका वा युवतीले आफना प्रेमिसँग थ्रीजीसेवा भिडियो वा ओडियोबाट कुराकानी गर्दा बिदेश वा स्वदेशमै रहेको महसुस गर्न थालेका छन् ।

भिडियो मात्र नभएर दुरसञ्चार कम्पनीले प्रदान गर्दै आएको इन्टरनेट सेवाले गाउँलाई सहर र विदेशसँग जोड्न मद्धत गरेको छ । विस्तारै हामी पनि फेसबुक र भाइवरमा साथीभाइसँग जोडिएका छौं,’ देवान्गंजका सजाक मियाँ बताउँछन् । उनका अनुसार गाउँका मानिसले मोवाइलमा इन्टरनेटभन्दा फेुसबुक चलाउन थालेको बताउँछन् । हो पनि इन्टरनेट भन्ने नै थाहाँ नभएका सबैले बुझेको पनि फेसबुक र भाइवर हो ।

मियाँका अनुसार गाउँमा लेख्न र पढ्न नजान्नेहरुले समेत फेसबुकमा च्याट गर्न थालेको पाइन्छ । यसले फेसबुकमा रमाउँन निरक्षरताले रोकेको देखिदैन । रोमनमा टाइप गरेर फेसबुकमा च्याट गर्दै गरेका ३३ वर्षीया गणेश प्रसाद मेहता कहिलै स्कुल गएनन् । बिद्यालयका अनुहार समेत हेर्न नपाएको र कापीमा लेख्न समेत नजान्ने अनि किताव समेत पढ्न नसक्ने मेहता अहिले सजिलै सँग आफुसँग रहेको मोवाइल मार्फत साथीभाईसँग च्याट गर्न थालेका छन् ।

केही वर्षअघि तीन वर्षका लागि कतार गएका उनले साथीको सहयोगमा फेसबुक चलाउन सिके । अहिले उनी त्यही फेसबुकमा आफ्ना आफन्त र साथीभाइसँग गफ गर्ने गरेको बताउँछन् । त्यसैले ग्रामीण क्षेत्रमा थ्रीजी सेवालाई अझ प्रभावकारी बनाउँन जरुरी रहेको बुद्धिजीवीहरुले बताए । थ्रीजी सेवा अहिले जिल्लादेखी गाउँसम्म पुगेको अवस्था छ । थ्रीजी सेवा विस्तार गरी गाउँगाउँमा पु¥याउन आवश्यक रहेको आमनागरीकको भनाई ।

प्रकाशित मिति: Nov 11, 2016

प्रतिक्रिया दिनुहोस्