Logo
११ बैशाख २०८१, मंगलबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूलो परिमाणको भारु पैसा बैंकिङ प्रणालीभन्दा बाहिर रहेको खुलासा !

bharu-newsकाठमाडौं । ठूलो परिमाणको भारु बैंकिङ प्रणालीभन्दा बाहिर रहेको खुलासा भएको छ । चर्को अभावका कारण बैंकहरुभन्दा वाहिर नै ठूलो परिमाणमा भारतीय रुपैयाँ (भारु) रहेको अनुमान बैंकर तथा व्यवसायीहरुले दावी गरेका हुन । बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले भने,‘तोकिएको कोटामा पनि भारु दिन समस्या थियो । भनसुन नै गरेर मात्र भारु पाउने अवस्था थियो,त्यही भएर पनि कसैसँग भारु उब्रिए उनीहरुले आफैसँग राख्थे। बैंकहरुसँग सिमित मात्रै भारु छ ।’

सीमित सटही सुविधा भएपनि बैंकहरुसँगै भारु नहुँदा उनीहरुले सर्वसाधारणलाई दिन सकिरहेका थिएनन् । सजिलै बैंकबाट भारु नपाइने भएकाले सर्वसाधारणले उपलब्ध भारु आफैसँग राख्ने गरेका छन् । खासगरी सीमावर्ति क्षेत्रका वासिन्दा, व्यापारी तथा भारत आइजाइ गर्ने नेपालीहरुले उपलब्ध भारु आफैसँग राख्ने गरेका छन् । यही कारण पनि बैंकिङ प्रणालीभन्दा वाहिर ५०० र १००० दरका भारु नोट ठूलो परिमाणमा रहेको अनुमान गरिएको हो ।

राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बुधबार साँझसम्म बैंकहरुले बुझाएको विवरण अनुसार ५०० र १००० दरका भारु ८० करोड रुपैयाँ हाराहारी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले खुला सिमाना र ब्यापारका कारण बैंकिङ प्रणालीभन्दा वाहिर ठूलो परिमाणमा भारु रहेको बताए ।

ठूला दरका भारु सटही नहुँदा भारतमा काम गर्ने नेपाली, स्थानीय व्यापारी, भारत पढ्नरघुम्न जाने नेपालीलाई समस्या भएको छ ।

– See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=50184#sthash.QbGQFWRC.dpuf

प्रकाशित मिति: Nov 10, 2016

प्रतिक्रिया दिनुहोस्