Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘उनी मेरा राष्ट्रपति होइनन्’ भन्दै ट्रम्पविरुद्ध प्रदर्शन

usa-news

काठमाडौं, २५ कार्तिक । भावी राष्ट्रपतिका लागि भएको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि अमेरिकाका धेरै शहरहरुमा उनको विरोधमा प्रदर्शन भएका छन् । न्यूयोर्कस्थित ट्रम्प टावरको बाहिर भेला भएका हजारौं मानिसले आप्रवास, समलिंगी अधिकार र प्रजनन अधिकारबारे ट्रम्पको नीतिबारे विरोध जनाइरहेका हुन ।

बुधबार बिहान उनको विजयको पुष्टि भएसँगै अहिलेसम्म क्यालिफोर्नियाको बर्क्ली र ओकल्याण्डमा सयौंले ¥याली गरेर ‘उनी मेरा राष्ट्रपति होइनन्’ भन्दै विरोध जनाएका थिए । अमेरिकाका पश्चिम तटीय शहरहरु तथा पूर्वी तटको शिकागो जस्ता शहरहरुमा पनि खासगरी विद्यार्थी र युवाहरुले सानो स्तरका प्रदर्शनहरु गरेका छन् ।

यसैबीच राष्ट्रपति बराक ओबामाले सत्ता हस्तान्तरणको संक्रमणलाई सहज बनाउने उद्देश्यले तय गरिएको भेटवार्ताका लागि आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पसँग भेट्दै छन् । आफ्नी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनमाथि आश्चर्यजनक विजय प्राप्त गरेपछि ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बन्दैछन् । ओबामाले ट्रम्प अयोग्य भएको भन्दै उनलाई ह्वाइट हाउस जित्नबाट रोक्न उनीविरुद्ध चर्को अभियान चलाएका थिए ।

तर मत परिणामपछि राष्ट्रपति ओबामाले सबै अमेरिकीहरुलाई उक्त परिणाम स्वीकार गर्न आह्वान गरेका छन् । ओबामाले ट्रम्पबारे बोल्दै अब सबैलाई एकताबद्ध हुन र देशलाई नेतृत्व दिने कार्यमा ट्रम्पलाई सफल बनाउन आफुहरुले समर्थन गरिरहेको बताएका छन् । ओबामा र क्लिन्टनले एकताका लागि ट्रम्पलाई नेतृत्व गर्ने मौका दिनुपर्नेमा आफ्ना समर्थकहरुलाई आह्वान गरे पनि ट्रम्पको जितपछि अमेरिकाका धेरै राज्यहरुमा विरोध प्रदर्शनहरु भएको खबर विविसिमा छ ।

प्रहरीले शुरुमा न्यूयोर्कको फिफ्थ एभिन्यूस्थित ट्रम्पको गगनचुम्बी भवनअगाडि कन्क्रिटका अवरोध र अन्य सुरक्षाका साधनहरु राखेका थिए । सत्ता हस्तान्तरण हुने बेलासम्मका लागि उक्त भवनमा ट्रम्पको कार्यालय रहने ठानिएको छ ।

प्रकाशित मिति: Nov 10, 2016

प्रतिक्रिया दिनुहोस्