Logo
१२ बैशाख २०८१, बुधबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५०० र १००० का भारु नोट राष्ट्र बैंकले  संकलन गर्ने  

rastra-ban1काठमाडौं । कात्तिक २४–भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको हो ।

नेपाल र भारतीय सीमामा र ठुला शहरमा सबै दरका भारतीय नोट चलन चल्तीमा छन् । नेपाल भारतबीच खुला सिमाना र व्यापारिक सम्बन्ध पनि छ । भारत सरकारले भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि पर्न थालेको छ ।

काठमाण्डौमा संचालित बिभिन्न क्यासिनो बन्द भएको छ भने सटही काउन्टर के गर्ने भनेर अलमलमा परेका छन् । राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालमा रहेका पाँच सय र एक हजार दलका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकसँग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गरीने राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए ।

भारतीय नोट नेपालसँगै बंगालादेश, श्रीलंका, भुटानलगायत खाडी मुलुकहरुमा पनि निर्वाध रुपमा सटही हुन्छ । हाल नेपालभित्र भारतीय नोट कति संख्यामा छ भन्ने तथ्यांक कुनै निकायसँग छैन । राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताए ।

भारतीय नोट प्रतिबन्धित हुँदा समाजमा केही भ्रम सिर्जना हुन सक्ने भएपनि तत्कालै आत्तिनु पर्ने अवस्था छैन । मुद्राको अबैध कारोवार गर्ने भारतीय नोटको अवैध संचिती गर्नेलाई भने अफ्ठेरो पर्न सक्ने निर्देशक पण्डितले बताए । भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधि तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ । बजारमा रहेको भारतीय रुपैयाँको चार प्रतिशत नक्कली नोट रहेको विभिन्न अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: Nov 9, 2016

प्रतिक्रिया दिनुहोस्