Logo
७ बैशाख २०८१, शुक्रबार
(November 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत: अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी :क्लिन्टन क्याम्पमा रुवाबासी !

donaldtrump-1024x683वासिङटन । रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प सबैको अनुमान विपरित अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । पछिल्लो मत परिणाम अनुसार डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई निकै पछाडी पार्दै ट्रम्प ४५ औँ अमेरिकी राष्ट्रपति बनेका हुन् । पछिल्लो मत परिणाम अनुसार ट्रम्पले २८८ इलेक्टोरल मत जितेका छन् ।

निकै विवादिन बनेको यस पटकको चुनावमा ट्रम्पमाथि क्लिनटनले झिनो अन्तरले बाजी मार्ने चुनावअघिको सर्वोक्षणहरुले जनाएको थियो । तर, पहिल्लो मत परिणाम अनुसार सबैको अनुमान उल्टो साबित गरेका छन् । यता, क्लिन्टन भने २१५ मात्र इलेक्टोरल कलेजमा सिमित बनेका छन् ।

अमेरिकी राष्ट्रपतिमा विजयी बन्न २७० इलेक्टोरल कलेज जित्नु आवश्यक हुन्छ । योसँगै अमेरिकाको २२७ वर्षको इतिहासमा हिलारीको पहिलो महिला राष्ट्रपति बन्ने सपना चकनाचुर बनेको छ । उनले अब जनवरी २० मा आफ्नो पदभार ग्रहण गर्नेछन् ।

usa-news

मतपरिणाम आउन केही घण्टाअघिसम्म डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनका समर्थकहरु उत्साहित थिए । रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि विजयी हासिल गर्नेमा उनीहरु विश्वस्त थिए ।

तर, जब मतपरिणाम आउन थाल्यो, क्लिटनको क्याम्प स्तब्ध बन्यो । मुख्य मानिएका इलेक्टोरल कलेजमा जित हासिल गर्दै डोनाल्ड ट्रम्प राष्ट्रपतिको कुर्सी नजिक पुगेका छन् । हिलारी निरन्तर रुपमा पछि परेपछि उनको समर्थकहरुमा रुवाबासी शुरु भएको छ ।

प्रकाशित मिति: Nov 9, 2016

प्रतिक्रिया दिनुहोस्