Logo
१५ चैत्र २०८०, बिहीबार
(November 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोही साक्षी राखेर प्रेमप्रस्ताव राख्ने अनौठो तरिका  !

crocodileन्यू साउथ वेल्स । आफ्नो प्रेमिकालाई खुशी बनाउन प्रेमीहरू अनेक हर्कत गर्छन् । पानीभित्र सुतिरहेका गोहीलाई निकालेर बिली नामक प्रेमीले आफ्नी प्रेमिकालाई प्रेमप्रस्ताव राखेको भिडियो भाइरल भइरहेको छ । अष्ट्रेलियाको रेप्टाइल पार्कमा अनौठो तरिकाले प्रपोज गरेको हेर्न मानिसहरू जम्मा भएका थिए । बिली नामका ती युवकले आफ्नी प्रेमिकालाई खुशी बनाउन यस्तो हर्कत गरेका छन् । बिलीले गरेको उक्त प्रेम प्रस्तावलाई प्रेमिका सियोभानले स्वीकार गरेकी छिन् ।

प्रेम स्वीकार गर्दा उपस्थित सबैले ताली बजाएर स्वीकार गरेका थिए । ४.५ मिटर लम्बाइ भएको उक्त गोहीको नाम क्रोकोडाइल हैंडलर नामबाट जानिन्छ । पानीभित्र बाट गोहीलाई बाहिर निकालेपछि प्रेमीले सियोभान नामक प्रेमिकालाई औठी लगाइदिएर प्रेमप्रस्ताव राखेका थिए । बिलीले प्रेमिका सियोभानलाई भने ‘अबको बाँकी जिन्दगी तिमीसँगै विताउन चाहन्छु । ’

प्रकाशित मिति: Nov 8, 2016

प्रतिक्रिया दिनुहोस्