Logo
८ बैशाख २०८१, शनिबार
(November 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ बाँणिज्य बैकले तीन महिनामै कमाए तीन सय करोड ! तालिका सहित

काठमाडौ, २२ कात्तिक  । सञ्चालनमा रहेका आठ वटा बाँणिज्य बैकहरुले तीन महिनाका अवधिमा झण्डै तीन सय करोड रुपैयाँ नाफा कमाएकाछन ।

२८ वटा बाँणिज्य बैकहरु मध्येमा आज सोमबारसम्ममा आठ वटा बाणिज्य बैकहरुले चालुु आर्थिक बर्षको असोज मसान्तसम्मको अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गरेकोमा अंधिकांसको नाफा बढेको छ ।

चुक्ता पुंजी आठ अर्ब ७० करोड ६६ लाख १२ हजार रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्ट बैकले यही असोज मसान्तसम्ममा ७७ करोड एक लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा सो बैकले एक खर्ब १२ अर्ब ७४ करोड ६० लाख ३० हजार रुपैयाँ निक्षेप जम्मा गरी ९४ अर्ब ४४ करोड ५२ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खराव कर्जाको अनुपात शुन्य दसमलव ३१ प्रतिसत मात्र रहेको इन्भेष्मेन्ट बैकले सो अवधिमा संभावित जोखिम व्यवस्थापन शिर्षकमा १६ करोड ६३ लाख ५६ हजार रुपैयाँ छुट्याएको छ । चुक्ता पुंजी पाँच अर्ब ४३ करोड ६२ हजार रुपैयाँ पुर्याएको एनएमबी बैकले पनि यही असोज मसान्तसम्ममा ३९ करोड सात लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ ।

खराव कर्जाको अनुपात एक दसमलव ८२ प्रतिसत रहेको सो बैकले यसअवधिमा ६३ अर्ब ७१ करोड ९९ लाख ९७  हजार रुपैयाँ निक्षेप जम्मा गरेको छ भने ५६ अर्ब ९१ करोड सात लाख ४५ हजार रुपैयाँ कर्जा दिएको छ । संभावित जोखिम व्यबस्थापन शिर्षकको रकम भने बैकको सो अवधिमा १७ करोड ८० लाख ७० हजार रुपैयाँ रहेको छ ।

प्राईम कर्मसियल बैकले पनि यही असोज मसान्तसम्ममा २५ करोड १० लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । चुक्ता पुंजी तीन अर्ब ७० करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको प्राईमले यस अवधिमा ५२ अर्ब ४१ करोड ८० लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३४ करोड ११ लाख १७ हजार रुपैयाँ  कर्जा दिएको छ ।

खराव कर्जाको अनुपात एक दसमलव ३२ प्रतिसत रहेको प्राईमको जोखिम व्यवस्थापनको लागि छुट्याएको रकम यस अवधिमा १५ करोड ७२ लाख ७० हजार रुपैयाँ रहेको छ । सनराईज बैकले भने यही असोज मसान्तसम्ममा २५ करोड ३१ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ ।

चुक्ता पुंजी पाँच अर्ब ३० करोड १३ लाख ९६ हजार रुपैयाँ उक्त बैैकले यस अवधिमा ५४ अर्ब आठ करोड ३० लाख रुपैयाँ निक्षेप जम्मा गरी ४६ अर्ब ४५ करोड १४ लाख ९७ हजार कर्जा प्रवाह गरेको छ । खराव कर्जाको अनुुपात एक दसमलव ६९ प्रतिसत रहेको बैकको  संभावित जोखिम व्यवस्थापन रकम १५ करोड १७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

चालुु आवको असोज मसान्तसम्ममा सानिमा बैकले २७ करोड पाँच लाख ४३ हजार, नेपाल बंगलादेश बैकले १६ करोड ३३ लाख नौ हजार तथा सिद्धार्थ बैकले २१ करोड १६ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ ।

यस्तो छ बैकहरुको नाफा (रकम रु हजारमा)

क्र.स. संस्थाको नाम   चुक्ता पुंजी    खुद मुनाफा
नेपाल इन्भेष्टमेन्ट बैक   ८७०६६१२    ७७०१४६ 
सिद्धार्थ बैक    ३३७५११९   ३६९८९४ 
३  एनएमबी बैैक   ५४३००६२  ३९०७९२ 
४  ग्लोवल आईएमई बैक  ७१५०५५०  ३४४०८९०
५  सनराईज बैक  ५३०१३९६   २५३११६ 
६  सानिमा बैक    ५२७८९९७    २७०५४३ 
७  प्राईम कर्मसियल बैक   ३७०५२६२.२६   २५१०५८.१४
८  एनबी बैक     ४०११७५९     २२५०१९  
       

प्रकाशित मिति: Nov 7, 2016

प्रतिक्रिया दिनुहोस्