Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ हेर्नुस : १८ घन्टा मै यसरी बन्यो मोटरेवल पुल !

1-copyबुटवल, २२ कार्तिक । चीन, नेपाल र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरिको निर्माणाधिन राजमार्गमा १८ घण्टाको छोटो अवधीमै मोटरेवल पुल निर्माण भएको छ ।

तिब्र ईच्छा शक्ति, जिम्मेबारीबोध र कर्तव्य पालनालाई आत्मसाथ गर्ने हो भने बिकास निर्माण कुनै गाह्रो बिषय होइन भन्ने कुरा प्रमाणित नेपाली सेनाका जवान र अधिकारीहरुले गरेका छन  ।

नेपालको उत्तर—दक्षिण सिमाना जोड्ने सबैभन्दा छोटो दुरीको निर्माणाधिन राजमार्ग कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुडको सीमास्थित पालुङ्ग खोलामा सो पुल निर्माण गरिएको छ ।

नेपाली सेनाको विकास निर्माण महानिर्देशनालय अन्तर्गत खटिएको टोलीले काम सुरु गरेको १८ घण्टामै २४ मीटर लम्बाइ र ४ मीटर चौडाइको सो मोटरवेल पुल अर्थात बेलीब्रिज निर्माण गरेको हो ।

पालुङ्ग खोला गुल्मीको रिडिदेखि ४२ किमि उत्तरमा पर्दछ । यति छोटो समयमा पुल निर्माण मात्र होईन, पुल निर्माण गरि यातायात संचालन समेत गरिएको नेपाली सेनाले जनाएको छ ।

कुल २ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो फलामे पुल बनेपछि यस क्षेत्रमा पर्ने गुल्मी, बागलुङ्ग, स्याङ्गजा जिल्लाका दर्जनौं गाबिसका हजारौं बासिन्दा लाभान्वित भएका छन् ।

नेपाली सेना, ब्रिज डिभिजनका सहसेनानि लोकबहादुर सिलवालको नेतृत्वमा आएको टोलिले काम शुरु गरेको १८ घण्टामै २४ मिटर लम्बाई र ४ मिटर चौडाइको पुलनिर्माण सम्पन्न गरेको कालीगण्डकी कोरिडोर गुल्मी खण्डका निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका कर्णेल रेश्मीराज भट्टराईले बताए ।

जिम्मेवारी पूर्वक गर्ने हो भने कुनै काम सम्पन्न गर्न गाह्रो छैन भन्ने उदाहरण नेपाली सेनाले देखाएको उनले बताए । भट्टराईका अनुसुार निकै छोटो समयमा उक्त पुल निर्माण गरि तत्काल सो पुलबाट यातायात सुचारु ग्रिएको थियो । कर्णेल भट्टराई भन्छन—हामी देश र जनताप्रति निष्ठावान भएर लागेका छौं आफुले पाएको जिम्मा दिन रात नभनी त्यसलाई पुरा गरेरै छोड्छौं ।

हाम्रो काम राम्रो नराम्रो जनताले मुल्याकंन गर्ने हो हामी त काम र कर्तब्य पुरागर्न हरक्षण प्रयासरत छौं । चीन र भारत जोड्ने सबैभन्दा छोटो निर्माणधिन राजमार्ग कालीगण्डकी कोरीडोरमा उक्त पुल निर्माण गरि यातायात समेत संचालन गरिएकोमा नेपाली सेनालाई धन्यबाद ज्ञापन गरिएको कालीगण्डकी सरोकार समितिका अध्यक्ष टिकाराम ढकालले जानकारी दिए ।

ढकालले भने— साह्रै प्रसंसनिय काम भएको छ नेपाली सेनाबाट, यो बिकास निर्माणको अनुपम नमुना पनि हो । हामीले चाहेमा कुनैपनि काम तत्काल गर्न सक्छौं भन्ने नमुना उदाहरण हो यो । उक्त पुल निर्माणले कालिगण्डकी कोरिडोरको ट्रयाक खोल्ने महत्वपुर्ण आयोजनाको अभियानमाथि एउटा सफलता हासिल गएको छ भने गुल्मी, पर्वत, बाग्लुंग र स्याङ्गजाका हजारौं वासीन्दालाई सुविधा हुने ढकालको भनाइ छ ।

सो क्षेत्रमा रिडि, रुद्रबेनी, मिर्मि, सेतिबेनी, प्रजापति क्षेत्र, पुर्तिघाट, फुलबारी लगाएतका महत्वपुर्ण धार्मीक एवं पर्यटकीय महत्वले भरिपुर्ण स्थलहरु रहेका छन । साथै हर्मिचौर, अर्बेनी, जयखानी, खड्गकोट लगाएतका महत्वपुर्ण ग्रामिण पर्यटनका प्रचुर संभावना बोकका ठाउँहरु पनि सोही क्षेत्रमा रहेका छन ।

पोखराको सेतीनदिको खोंच जस्तो गहिरो खोंचमा रहेको पालुङ खोलामा पुल निर्माण पछि यस क्षेत्रका बासिन्दाहरु निकै हर्सित बनेका छन् ।

गुल्मी र बाग्लुङको बिचमा पर्ने पालुङ खोलामा यातायातलाई सहज बनाउने र कालिगण्डकी कोरिडोर निर्माणमा उत्साह थप्ने कामका लागि यो पुल यसक्षेत्रको बिकासको लागि कोशेढुंगा सावित भएको स्थानियवासी अनिश ढकालको भनाई छ । ढकालका अनुसार यस क्षेत्रमा आउन जानका लागि स्थानियले निकै समस्या भोगेका थिए ।

नेपाली सेनाको यो प्रयासले गर्दा आज सबैको मुहार फेरीको अनुभव गरेका भने समय र खर्चको समेत बचत हुने अनुमान गरेका छौं  ।

यसबाट स्थानिय कृषि उत्पादन लगाएतका बस्तुहरु बजारसम्म पुराउन सहज हुनुका साथै ब्यबसायिक कृषि खेतीका लागि पनि सहयोगि सावित हुने उनले बताए ।

पुल निर्माण पछि बागलुङका जनताहरु र अत्याबश्यक जनसरोकारका साधनहरु यो पुलको बाटो प्रयोग गरि आवागमन गरेका छन् भने सार्वजनिक यातायातका साधनहरुका लागि यहि कार्तिक २४ देखि नियमित सन्चालन गरिने जनाइएको छ ।

नवलपरासीको गैंडाकोटदेखि मुस्ताङ्गको नेपाल—चीन सिमाना कोरालासम्म ९१ किलोमिटर पर्दछ । जस्मा हाल सम्म करिडोरको गुल्मी खण्ड बागलुङ्ग गरि करिब ५४ किलोमिटर सडक सम्पन्न भएको छ भने बाकी रहेको २७ किलोमिटर सडक पनि छिटै तयार हुने नेपाली सेनाले जनाएको छ ।

यो करिडोर निर्माणपछि चीन, नेपाल र भारतको ब्यापार, पर्यटन र आपसी सम्बन्ध बिस्तार हुने बिस्वास गरिएको छ ।-हरिश ढकाल

प्रकाशित मिति: Nov 7, 2016

प्रतिक्रिया दिनुहोस्