Logo
१२ बैशाख २०८१, बुधबार
(November 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोडसेडिङ नहुने: तराई–मधेशमा छठको दिन झिलिमिलि ! 

jhilimili

काठमाडौं ।  तराई–मधेशमा भव्यतापुर्वक मनाईने छठ पर्वलाई लक्षित गरि नेपाल विद्युत प्राधिकरणले आईतबार तराईका जिल्लाहरुमा लोडसेडिङ नगर्ने भएको छ ।  शनिवार पनि तराईका जिल्लाहरुमा विद्युत कटौति नगरिएको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले भने, ‘छठ तराईको महत्वपुर्ण पर्व भएकाले लोडसेडिङ नगर्ने निर्णय गरेका छौं ।’

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिएर पुरा आराधना गरी मनाईँदै छ । सार्वजनिक बिदा तथा तराईका उद्योगधन्दा समेत बन्द हुने हुनाले छठमा तराईलाई लोडसेडिङ मुक्त बनाउन कुनै कठिनाई नहुने जानकारी दिँदै कार्यकारी निर्देशक घिसीङले भने, ‘पहाडी जिल्लाका केही स्थानको बिजुली कटौती गर्दा लोडसेडिङ मुक्त छठ बनाउन सकिन्छ ।’

छठको साँझमा तराईका हरेक घरमा झिलीमिली बत्ति बालिने हुनाले विजुलीको माग अत्यधिक हुने गर्छ । यसअघी प्राधिकरणले तिहारको अवसरमा काठमाडौं उपत्यलाई लोडसेडिङ मुक्त बनाएको थियो ।

प्रकाशित मिति: Nov 6, 2016

प्रतिक्रिया दिनुहोस्