Logo
८ बैशाख २०८१, शनिबार
(November 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुखर्जीको भ्रमण सफल भएको मन्त्रीपरिषद्को निश्कर्ष

prachanda-cabinet

काठमाडौं । सरकारले नेपाल भारतबीचको सम्पुर्ण तित्तता समाप्त पार्ने दृष्टिले भारतीय राष्टपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।   भ्रमणले दुई देशबीचको विश्वासको आधारलाई थप विकसित बनाउनुको साथै थप सौहाद्रपुर्ण बनाएको निष्कर्ष सरकारले निकालेको हो ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीच थप विश्वास र सौहाद्रताको वातवरण श्रृजना गराएको निष्कर्ष निकालेको हो ।

भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने भ्रमण नसकिदै शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रकाश शरण महतले जानकारी दिए । सूचना तथा संञ्चारमन्त्री सुरेन्द्र कार्कीले भ्रमण नसकिदै पुर्ण समिक्षा गर्न नसकिने भएपनि विश्व सामु भ्रमणले सकारात्मक सन्देश दिएको बताए ।

परराष्ट्रमन्त्री महतले राष्ट्रपति विद्या भण्डारीलाई भारत भ्रमणको औपचारिक निम्ता भईसकेका कारण छिट्टै भ्रमण गर्नुहुने जानकारी दिए । आफुहरुकै तर्फबाट यसअघिको भारत भ्रमण रद्द भएको उल्लेख गर्दै मन्त्री महतले फेरी पनि आमन्त्रण भएकाले राष्ट्रपतिको भारत भ्रमणको मिति छिटै टुंगो लाग्ने जानकारी दिए ।

यसअघि राष्ट्रपति भण्डारीको गत बैशाख २७ गते देखि हुने भनिएको भारत भ्रमण तात्कालिन राजनीतिक घटना परिघटनाका कारण स्थगित भएको थियो । पाच दिने सद्भाव भ्रमणमा जाने तयारी भएपनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको तात्कालिन सरकारले नेपालको आन्तरिक मामिलामा भारतले अनावश्यक हस्तक्षेप गरेको निकष्कर्ष निकाल्दै तीन दिन अघि मात्रै भ्रमण स्थगित गरेको थियो ।

प्रकाशित मिति: Nov 4, 2016

प्रतिक्रिया दिनुहोस्