Logo
७ बैशाख २०८१, शुक्रबार
(October 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढ्नुस् काँग्रेसको गुटैपिच्छे चियापानको समचार !

nc-newsकाठमाडौँ । नेपाली काँग्रेसका नेताहरु आफ्नो गुटको भेला बोलाएर चियापान गरिरहेका छन् । नजिकिँदै गरेको दशैं , तिहार र छठको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नको लागि उनीहरुले बेग्लाबेग्लै चियापान समारोह आयोजना गरेका हुन् । २०३३ सालमा विपीले मेलमिलापको लागि भनेर चियापान गरेका थिए । त्यसैलाई निरन्तरता दिँदै कांग्रेसले चियापान समारोह गर्ने गरेको छ तर यसपटक भने काँग्रेसमा नेताहरुले गुट गुट भेला गरि चियापान गरिरहेका छन् ।विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए । “संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु”–वरिष्ठ नेता पौडेलले भने ।

नेता पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा भर पर्ने जानकारी दिए । “लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु । तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस्” पत्रकारलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले भने । विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरुको भेलामा उपस्थित थियो ।

उता,कृष्णप्रसाद सिटौलाले पनि छुट्टै दिवाभोजको आयोजना गरे । उनले काठमाडौंको सिनामंगलस्थित् रोयल ब्यांकेटमा दिवाभोज दिएका ह्न् । उनले भोजमा प्रमुख दलहरुवीच सहमतिको आवश्यकता भएको औंल्याए । उनले संविधान कार्यान्वयनको लागि दलहरुवीच सहमति अनिवार्य आवश्यक छ उनले भने ।

संविधान संशोधनमाफर्त सबैको अपनत्व हुनेगरि यसको कार्यान्वयनको लागि खरो उत्रिनुपर्ने बताए । त्यसो त काँग्रेस नेता प्रकाशमानसिंहले पनि चियापान समारोहको छुट्टै भेला आयोजना गरेका थिए । सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उनले काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले “स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,” भन्दै काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए ।

पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था हो उनले भने । नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सीमाङ्कनका विषयमा दलहरुबीच सहमति भइसकेकाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति: Oct 1, 2016

प्रतिक्रिया दिनुहोस्