Logo
१२ बैशाख २०८१, बुधबार
(October 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राष्ट्रपति मुखर्जीको पोखरा घुम्ने कार्यक्रम स्थगित !

mukherjee-ll

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पोखराका पर्यटकीस्थल घुमाउने पोखरेलीको चाहना अधूरो रहने भएको छ । मुखर्जी १७ देखि १९ कात्तिकसम्म हुने नेपालको राजकीय भ्रमण सिलसिलामा अन्तिम दिन पोखरा आउने कार्यक्रम छ । उनी यहाँ आउँदा पोखराका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्ने पूर्व कार्यक्रम भए पनि सुरक्षा र स्वास्थ्यको कारण देखाउँदै पर्यटकीय स्थानको अवलोकन भने स्थगित भएको सुरक्षा स्रोतले जनायो ।

राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका लागि सुरक्षा स्थिति बुझ्न शनिबार यहाँ आएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसहितको २२ सदस्यीय टोलीसँगको छलफलमा सुरक्षा कारण देखाउँदै पर्यटकीय स्थानको अवलोकन गराउन नसकिने जनाइएको हो । राष्ट्रपति मुखर्जीलाई यसअघि हल्लनचोक, लेकसाइड, सराङकोटलगायत पर्यटकीय स्थान अवलोकन गराउने कार्यक्रम थियो । यसैबीच, गृहमन्त्री टोलीले पोखराको शान्तिसुरक्षा र भ्रमणको तयारी बारेमा जानकारी लिएको छ । उनले खुलेरै सुरक्षा अवस्था नभने पनि स्वास्थ्य र समयको अभाव देखाउँदै छोट्टिएको दाबी गरे । टोलीसँगको सुरक्षा ब्रिफिङका क्रममा सुरक्षा कारण देखाउँदै पर्यटकीय स्थलहरुको भ्रमण गराउन नसकिने बताएको विशेष स्रोतले जनायो ।

टोलीमा स्थानीय विकास मन्त्री हितराज पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, गृहसचिव लोकदर्शन रेग्मीलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो । टोलीलाई यस क्षेत्रको सुरक्षा अवस्थाबारे पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिएका थिए । सो टोली अवलोकनका लागि पाँचतारे होटल ग्राण्ड, भारतीय पेन्सन क्याम्प रामबजार पुगेको बरालले बताए ।

भ्रमण तालिका अनुसार उनी १९ कात्तिक दिउँसो पौने १ बजे पोखरा आउने छन् । राष्ट्रपति मुखर्जी काठमाडौबाट जनकपुर हुँदै बुद्ध एयरको विमानमार्फत उक्त समयमा यहाँ आउने र सिधै पोखरा ग्रान्ड होटलमा जानेछन् । केही समय आराम गरेपछि अपरान्ह ४ बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजधानीबाट

प्रकाशित मिति: Oct 30, 2016

प्रतिक्रिया दिनुहोस्