Logo
१२ बैशाख २०८१, बुधबार
(October 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसन्त कुशवाहा: जस्ले पाए इन्जिनियर अफ द यरको उपाधी

basant-kuswahaकाठमाडौं । इन्जिनियरहरुका लागि विश्व प्रतिष्ठित ‘इन्जिनियर अफ द यर २०१६’ को उपाधि पहिलो पटक एक जना मधेशी इन्जिनियरले जितेका छन् । रौतहट जिल्लाका इन्जिनियर बसन्त कुशवाहाले मध्यपूर्व क्षेत्रका १७ वटा देशका सहभागीहरुलाई पछाडि पार्दै उक्त उपाधि हात पारेका हुन् । जसमध्ये विभिन्न मापदण्डका आधारमा उत्कृष्ट पाँच जनालाई स्क्रीनिङ्ग राउण्डमा सहभागी गराइएको थियो । विश्वभरीका १७ जनाको निर्णायक मण्डलले अन्तिम निर्णय गरेको थियो ।

मध्यपूर्वी देशहरुका इन्जिनियरहरु मध्ये प्रत्येक वर्ष एक जना सर्वोत्कृष्ट इन्जिनियरलाई यो उपाधी होटेलियर मिडेलइष्टले दिने गरेको छ । मध्यपूर्वी देशहरु यूएई, कतार, ओमान, कुवेत, साउदी अरेवीया, बहराईन, साईप्रस, इजिप्ट, इरान, इराक, इजराईल, जोर्डन, लेबनान, प्यालेष्टाईन, सिरिया, तुरकिया र यमनका इन्जिनियरहरु यस उपाधिका लागि सहभागिता जनाएका थिए । प्रतिष्ठित होटेलियर मिडिल इष्टद्धारा आयोजना हुने यस उपाधिलाई ओस्कर अवार्ड जस्तै मानिन्छ ।

रौतहटको बंकुल घर भएका इन्जिनियर कुशवाहाले जुद्ध माध्यमिक विद्यालय गौरबाट एसएलसीसम्मको अध्ययन गरेका छन् भने डिप्लोमा र ब्याचलर इन इलेक्ट्रिक इन्जिनियरीङ्ग पुलचौक इन्जिनियर क्याम्पस, काठमाडौंबाट गरेका छन् । उनले एमबीए इन प्रोजेक्ट म्यानेजमेन्ट दुबईबाट गरेका छन् ।

उनी ह्यात्त, स्टारउड र केम्पिनस्की होटेल जस्ता कम्पनीहरुमा बरिष्ठ म्यानेजमेन्ट स्तरमा काम गरेका छन् । होटल सञ्चालन, मेन्टिनेस र पुर्नसंरचना तथा योजना निर्माणमा काम गर्नुका साथै नेतृत्व तालिम र कामदारको सन्तुष्टिका क्षेत्रमा काम गरेका छन् । इन्जिनियर कुशवाहा पहिलो नेपाली हुन् जस्ले मध्यपूर्वी क्षेत्रमा यो पुरकार जितेका छन् ।

प्रकाशित मिति: Oct 30, 2016

प्रतिक्रिया दिनुहोस्