Logo
८ बैशाख २०८१, शनिबार
(October 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पढ्नुस: महिनावारी भएको बेलामा ‘सम्बन्ध’ राख्न हुन्छ कि हुँदैन ?

rajashola_woman

काठमाडौं । महिनावारी भएको बेलामा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन भन्ने विषयमा ठूलो भ्रम रहेको छ । धार्मिक विधिविधान मान्नेहरूले त यो बेलामा कुनै हालतमा पनि क्रीडा गर्नुहुँदैन भन्छन् । आधुनिक विचार भएकाहरूले चाहिँ केही फरक पर्दैन भन्छन् । के गर्नु ठीक होला त ?

धेरैजनालाई महिनावारीका बेलामा पनि सेक्स गर्ने काम घिनलाग्दो र फोहोरी लाग्छ । तर यो गलत हो किनकि महिनावारीलाई घिनलाग्दो मान्नु भनेको महिलालाई नै घिनलाग्दो मान्ने स्त्रीविरोधी काम हो । हो, केही महिला आफैंलाई यो बेलामा सेक्स गर्न मन नलाग्ला तर गर्न मन लाग्ने महिलाले पनि हिचकिचाउनु जरूरी छैन । उही, सेतो तन्नामा रगतको टाटो लागेर फोहोर भइदेला भन्ने पीर न हो ।

असाध्यै पेट दुखेको छ भने चाहिँ सेक्स नगर्नुस् । हुन त पेट दुखेको बेलामा सेक्सको बारेमा कसले सोचिबसोस् ? रजस्वलाका बेलामा अलिअलि रगत चुहिन्छ तर ह्वालह्वाल्ती निस्कने होइन, त्यसैले गर्न हिचकिचाउनु पर्दैन । रगत चुहिएर तन्ना फोहोर भएछ भने धुने नि । टेन्सन लिनै परेन । जाबो रगत त हो । यो रगत तपाईंको पुरुष पार्टनरमा पर्दा उसलाई रोग लाग्नेवर्ने हुँदैन । उसले कपडाले पुछिहाल्छ नि । कुनै पुरुषलाई केही होला भन्ने डर लाग्यो भने त्यस्तो निम्छरोलाई के प्रेमी बनाइरहनु त ? आफू चाहिँ दंग पर्दै वीर्यलाई भित्र झार्न खोज्ने अनि तपाईंको रगत देख्दा चाहिँ घिनाउने मान्छे बेकुफ नै हो ।

रजस्वला मासिक प्रक्रिया हो, यसमा घिनाउनु वा लजाउनुपर्ने कुरा केही छैन । एक्काईसौं शताब्दीमा पनि यसलाई के के न ठूलो विषय बनाउनुको तुक छैन । चरमसुख वा अर्ग्याजम पाउनुभयो भने रजस्वलाका बेला क्रयाम्प भएर दुखेको पनि ठीक हुन्छ । प्यारासिटामोल खाएजस्तै हो अर्ग्याजम पाउनु योबेलामा । खासमा महिलाहरूमा रजस्वलाका बेलामा झन् बढी यौनचाहना हुन्छ । यस्तो बेलामा रगत चुहिने पीरले सेक्स नगर्नु त अत्याचारै हो ।

यो बेलामा गर्दा चिल्लो पदार्थ दलिरहनु पनि पर्दैन । रगत नै प्राकृतिक लुब्रिकेन्ट हो । तपाईंलाई पुरुष पार्टनरको लिंगमा रगत देख्दा दिक्क लाग्छ भने उसलाई कन्डम लगाउन भन्नुस् । कुरा खत्तम । संसारभरिका मान्छेले पिरियडका बेलामा सेक्स गरेका छन् । तपाईंले हिचकिचाउनुपर्ने कुनै कारण छैन ।, मेट्रो

प्रकाशित मिति: Oct 29, 2016

प्रतिक्रिया दिनुहोस्