Logo
१३ बैशाख २०८१, बिहीबार
(October 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्जकुमारले भावुक हुँदै भने, ‘खालीखुट्टा भौतारिँदै काठमाडौं आएको थिएँ’

apf-rai

काठमाडौं । सशस्त्र प्रहरी बल १६ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा महानिरीक्षक दुर्जकुमार राईले दुई पेजमा लेखिएको औपचारिक भाषण विट मार्दै गर्दा दर्जनौं प्रहरी अधिकृतले सोचेका थिए, ‘अब चिफसा’प को सम्वोधन सकियो ।’ तर त्यस्तो भएन आफ्नो संगठन प्रमुख खाली खुट्टा काठमाडौं छिरेको सुनेपछि कार्यक्रममा उपस्थित सशस्त्र प्रहरी बलका दर्जनौं अधिकृत र जवानहरु निकै चासोपुर्वक उनलाई नियालिरहेका थिए ।

लिखित भाषणका पाना पट्याउँदै गर्दा प्रहरी महानिरीक्षक राईको मुहारमा एकाएक परिवर्तन आयो । ‘पूर्वको सुदुर गाउँ जहाँ अझैंसम्म बिजुली र मोटर पुगेको छैन, भोजपुरको त्यो दुर्गम गाउँबाट काठमाडौं आउँदै गर्दा मेरो खुट्टामा चप्पल थिएन’ अचानक विगतमा फर्किएका राईले भने, ‘बिना जुत्ता–चप्पल भौतारिँदै शिक्षाको ज्योति खोज्न काठमाडौं आएको थिएँ, अहिले शसस्त्र प्रहरी बलको महानिरीक्षक हुने सौभाग्य मिल्यो ।’ आफ्नो संगठन प्रमुख खाली खुट्टा काठमाडौं छिरेको सुनेपछि कार्यक्रममा उपस्थित सशस्त्र प्रहरी बलका दर्जनौं अधिकृत र जवानहरु निकै चासोपुर्वक उनलाई नियालिरहेका थिए ।

संगठनको आठौं महानिरीक्षक ‘१६ औं सशस्त्र प्रहरी दिवस’को प्रमुख अतिथिका रुपमा उपस्थित राईले भने, ‘मेरी आमा जसले खाली खुट्टा मलाई ‘काठमाडौं जा’ तेरो बाले पढेनन् तैंले पढ्नुपर्छ भन्नुभो, यसरी शिक्षाको ज्योति खोज्न काठमाडौं आएर प्रहरीमा सेवामा प्रवेश गरेको थिएँ ।’ ‘एउटा गाउँको छोरो पनि मेहनत गरेमा यहाँसम्म पुग्दो रहेछ’ उनले विगत सम्झिँदै भने, ‘कलम थिएन बाँसको कलमले लेखेर यहाँसम्म आएँ, मलाई यो जिम्मेवारी दिने नेपाल सरकार प्रति सदैव आभारी रहनेछु ।’

त्यतिवेला स्याल कराउने ठाउँलाई सशस्त्र प्रहरी बलले अहिले निकै सुन्दर बनाएको उल्लेख गर्दै राईले भने, ‘यसको अर्थ के भने, हामी राष्ट्र निर्माण गर्न सक्षम छौं ।’ प्रहरी दिवसको अवसरमा हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलले पुर्व गृहमन्त्री माधव घिमिरेका अंगरक्षक स्वर्गिय रामचन्द्र कार्कीको परिवारलाई नगद सहयोग गरेका छ । कार्कीकी जिवन संगिनी मञ्जु श्रेष्ठ कार्कीलाई राईले दुई लाख ३१ हजार बराबरको चेक हस्तान्तरण गरे ।

यस्तै प्रहरी जवान कृष्ण बहादुर तामाङलाई शसस्त्र प्रहरी बलले ‘बर्ष जवान’ को अवार्ड सहित सम्मान गरेको छ । गुहेश्वरी गण भक्तपुर दरबन्दी भएर हाल जुद्ध बारुणयन्त्र इकाईमा कार्यरत तामाङले गत बर्ष रन्जना ट्रेडर्समा लागेको आगो निभाउन जाँदा भेटेको २० लाख नगद प्रहरी हेडक्वार्टमा बुझाएका थिए ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्