Logo
१३ बैशाख २०८१, बिहीबार
(October 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सय बस चलाउने प्रचण्डको योजना यसरी भयो पुरै फेल !

untitled-1-copyकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सय बस चलाउने योजना पुरै फले भएको छ ।

प्रचण्डले भदौ २३ गते संसदमा देश र जनताको नाममा संबोधन गर्दै नगरपालिकाको मातहतबाट देशका विभिन्न स्थानमा सय बस चलाउने घोषणा गरेतापनी उनको घोषणा अनुरुप एक रती पनि काम हुन नसकेको हो ।

उनले भनेका थिए, ‘छ महिनाभित्र एक सय वटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत सञ्चालन गरिनेछ ।’

यो संबोधन भएको करिब दुई महिना वित्न लाग्दा केही सुरसानै नभएको पाइएको छ । बरु सरकारी अधिकारीहरु प्रचण्डको घोषणाबाट अन्योलमा परेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरु संबोधन नबुझेको भन्दै प्रक्रिया अघि बढ्न नसकेको बताउँछन् ।

मन्त्रालयका उच्च अधिकारीले प्रधानमन्त्रीको संबोधनमा लामो दूरी वा नगरपालिकाभित्र संचालन गर्ने स्पस्ट नभएकोले काम अघि नबढेको हामीलाई प्रतिक्रिया दिए ।

उनले भने, ‘बस सञ्चालन गर्ने काम अहिलेसम्म हाम्रो क्षेत्राधिकारमा नपरेकाले हामीलाई थाहा नभएको हुनसक्छ । तर कहाँ चलाउने भन्ने स्पष्ट रुपमा हामीलाई जानकारी हुनुपर्यो ।’

यसरी प्रधानमन्त्रीको घोषणाले फेल खादाँ चाडबाडको बेला जनताले भने शास्ती खेप्दै यात्रा गर्नुपरेको छ ।

प्रकाशित मिति: Oct 27, 2016

प्रतिक्रिया दिनुहोस्