Logo
१६ बैशाख २०८२, मंगलबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाभियोग प्रस्तावको पक्षमा एमालेले माहोल बनाउन पहल गर्ने

UML-party-office

काठमाडौं । नेकपा एमालेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई पारित गराउन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गरेर माहोल तयार गर्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको आज बसेको बैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गर्दै उक्त प्रस्तावलाई पारित गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुस“ग छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय गरेको छ ’, विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्