Logo
७ बैशाख २०८१, शुक्रबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको फेरी कडा रुप: नेपाली सवारी साधनलाई भारत प्रवेशमा कडाई !

bhartiya-naka

सुनसरी । भारतीय सुरक्षाकर्मीले नेपाली सवारी साधनलाई भारतको सुपौल र अररियामा प्रवेशमा कडाई छन् । सुनसरीको सिमा नाकाबाट भारत तर्फ चारचक्के, रिक्सा, मोटरसाइकल तथा सिटी रिक्सालाई समेत जान कडाई गर्दै भन्झटीलो चेकजाँच गरेका हुन् ।

नेपालबाट तिहार र छैठमा किनमेलका लागि ठूलो संख्यामा नेपालीहरु त्यसतर्फ जाने गरेका छन् । चाडपर्वभरिका लागि भारतीय सुरक्षाकर्मीले सवारी साधन सिमापारि जान रोकेपछि कतिपय नेपालीलाई निकै समस्या भएको छ भन्दै इनरुवाको वर्णमालामा समाचार छ ।

चाडवाडका बेला आवश्यक पर्ने वस्तु खरिद गर्न भारत जानेहरुको संख्या निकै ठूलो हुनेगर्छ । भारतीय सीमामा खटिएका सुरक्षाकर्मी (एसएसबी)ले सवारी साधन नेपालतर्फ राखेरमात्र भारतीय बजारमा जान दिई रहेका छन् ।

भारतीय सुरक्षाकर्मीले नेपाली सुरक्षा निकायकै अनुरोधमा नेपाली साधन पारि जादाँ चेकजाँच गरेको तर नरोकेको बताएका छन् । सिमा क्षेत्रमै सवारी साधन राखेर भारतीय बजारमा पुग्नु पर्दा यात्रुहरुलाई भने समस्या भएको छ ।

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्