Logo
१३ बैशाख २०८१, बिहीबार
(October 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छेउको कोठाबाट जोरले तिब्र सेक्सको आवाज सुनेपछि …

sex-kase-650x512

एजेन्सी । सेक्सका बेला आवाज निकाल्नु मानिसहरुको वानी नै हो । तर, कहि कहि यसै आवाजले मानिसलाई अप्ठेरोमा पारेको पनि सुनिन्छ । भर्खरै चीनमा पनि यस्तै भएको छ । चीनको दक्षिणी गुआंगजी प्रान्तमा एक होटलमा सेक्स गरिरहेका जोडीमाथि आवाज निकालेको भन्दै कुटपीट भएको छ ।

सोही होटलमा बसिरहेका एक पुरुषले आफ्ना सहकर्मीहरुसँग मिलेर आवाज निकालेर सेक्स गर्ने पुरुषको कोठाको ढोका तोडेर कुटपीट गरेका हुन् । स्थानीय प्रहरीका अनुसार ठूलो स्वरमा आवाज निकालेर सेक्स गरेको भन्दै झांग नामका युवकले आफ्ना सहकर्मीसँग मिलेर सेक्स गर्ने जोडीमाथि आक्रमण गरेको डेली मेल पत्रिकाले जनाएको छ ।

खबरअनुसार होटलमा लागेको सीसीटिभी क्यामेराले यो घटना खिचेको थियो । फुटेजमा एक जना होटलको एक कोठामा जोर जोरले धक्का दिइरहेको देखिएका छन् । स्थानीय व्यापारी समेत रहेका झांग नामका यी व्यक्ति अफिसको मिटिङका लागि सहकर्मीसँगै होटलमा बास बसेका थिए । विहान बस्ने बैठकमा सहभागी उनीसहित उनका सबै सहकर्मी पनि आएका थिए ।

रातमा झांगको निद्रा अचानक खुल्यो । नजिकैको कोठामा एक जोडी सेक्स गर्दै जोर जोर आवाज निकालिरहेका थिए । उनीहरुको आवाजबाट झांगको निद्रा खुलेको थियो । त्यो जोडी आवाज ननिकाली शान्तसँग सेक्स गर्न भन्न झांग आफ्नो कोठाबाट निस्किएर बाहिर ग्यालरीमा आए । झांगले विस्तारै आवाज निकाल्न भने । तर, कोठाभित्रबाट जोडी पुरुषले गाली दिए । दुबैबीच झगडा बढ्यो । जसलाई सुनेर झांगका सहकर्मी त्यहाँ पुगे ।

त्यसपछि रिसाएर झांगले लात हानेर कोठाको ढोका खोले र सेक्स गरिरहेका ती युवकलाई घिसारेर बाहिर निकाले । त्यसपछि झांगले ती युवकमाथि कुटपीट गरे । यतिमात्रै होइन् झांगले ती पुरुषको माथिल्लो भागको कपडा पनि उतारेर नांगै पारे । घटनाको जानकारी पाउनेवित्तिकै प्रहरी त्यहाँ पुग्यो र दुबैको झगडा नियन्त्रणमा लियो । खबरअनुसार झांगले चाहिनेभन्दा बढी चाँसो दिएको भन्दै पीडित युवकलाई १५ हजार रुपैयाँ क्षतिपूर्ति दिनेगरी प्रहरीले मिलापत्र गरायो ।

sex-kase-1

प्रकाशित मिति: Oct 23, 2016

प्रतिक्रिया दिनुहोस्