Logo
७ बैशाख २०८१, शुक्रबार
(October 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबा रामदेवको खुलासा: ‘अविवाहित भएकैले अमेरिकाले भिसा दिएन’

ramdev

नयाँ दिल्ली,एजेन्सी । योग गुरु रामदेवले आफू अविवाहित र बैंकमा खाता नभएकाले अमेरिकाले उनलाई भिजा नदिएको दाबी गरेका छन् ।समाचार एजेन्सी पीटीआईका अनुसार, इन्दौरमा आयोजिक ग्लोबर इनभेस्टर समिटमा बाबा रामदेवले सो कुरा बताएका हुन् ।

रामदेवको भनाई उद्धृत गर्दै पीटीआईले भन्यो, ‘जब मैले पहिलो पटक अमेरिकी भिजाको लागि आवेदन दिएँ तब मलाई अस्विकार गरियो । मैले यसको कारण सोध्दा उनीहरुले बैंकमा मेरो खाता नभएकाले र म अविवाहित भएकाले भिजा नदिएको बताए ।’

रामदेवले अहिले पनि कुनै पनि बैंकमा आफ्नो खाता नभएको बताएका छन् । भिजा नदिएको यो कथित घटना कहिलेको हो, त्यसबारे रामदेवले केही पनि बताएका छैनन् ।

प्रकाशित मिति: Oct 23, 2016

प्रतिक्रिया दिनुहोस्