Logo
८ बैशाख २०८१, शनिबार
(October 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीको ठाडो हस्तक्षेपमा पर्साका एसपी हेडक्वार्टरमा तानिए

untitled-1-copyकाठमाडौं, ३ कार्तिक । गृहमन्त्रीको ठाडो हस्तक्षेपमा पर्साका एसपी राजुबाबु श्रेष्ठ हेडक्वार्टरमा तानिएका छन् ।

जिल्लामा कांग्रेसी नेताहरुले भने बमोजिङको काम गर्न नमानेपछी गृहमन्त्री बिमलेन्द्र निधिले उनलाई हेडक्वार्टरमा तानेका हुन ।

समाचार स्रोतका अनुसार काग्रेंसी नेताले भनेको किन नगरेको हो ? यसविषयमा छानबिन गर्न भन्दै एसपी श्रेष्ठलाई मन्त्रालयले गृहमन्त्रीले तानेको बताइन्छ ।

गृह मन्त्रालयले मंगलबार बिहान ११ बजे हाजिर हुने गरी आइतबार पर्सा प्रहरीलाई पत्र पठाएको समाचार स्रोतको दावी छ । पत्रपाएपछि एसपी श्रेष्ठ सोमबार दिउँसो काठमाडौंको लागि हिँडेका थिए । मंगलबार नै उनी मन्त्रलायमा हाजिर पनि भएको समाचारमा उल्लेख छ ।
गैरकानुनी रुपमा कर्जाको लेनदेन, अवैध हुण्डीको कारोबार गरेको आरोपमा पक्राउ परेकालाई छाड्न गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा कांग्रेसी नेताहरुले जिल्लामा एसपी श्रेष्ठमाथि दबाब दिँदै आएका थिए ।

काग्रेसका पूर्व सभासद् तथा व्यापारी ओमप्रकाश शर्मा लगायतको नेताहरुको चाहनाअनुसार जिल्लाका काम नगरेपछि गृहमन्त्री निधिसमक्ष एसपी श्रेष्ठको सरुवाको लागि प्रपञ्च रचेको समाचार स्रोतको दावी छ । जिल्लामा इमान्दार एसपीकोको रुपमा पहिचान बनाएका श्रेष्ठलाई मन्त्रालयमा झिकाइएको प्रति वीरगन्जका नागरिक समाजले भने असन्तुष्टि व्यक्त गरेका छन् । उता गृह मन्त्रालयले भने यस विषयलाई गुपचुपमा राखेको छ ।

प्रकाशित मिति: Oct 19, 2016

प्रतिक्रिया दिनुहोस्