Logo
१२ बैशाख २०८१, बुधबार
(October 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत–पाकिस्तान युद्धको चर्चाले नेपाली त्रासित

indexकाठमाडौं ।  भारत र पाकिस्तानबीचको युद्धको चर्चाले भारतमा रहेका नेपाली त्रासित बनेका छन् ।  पछिल्ला दिनमा दुईदेस विच चर्किएको विवाद र युद्धको खतराले भारतमा कार्यरत नेपाली त्रसित बनेका हुन ।

भारतीय सेनामा कार्यरत गोर्खा सैनिकका परिवार, तीनका आफन्त र जम्मु कश्मिर लगायतका पाकिस्तानसंग सीमा जोडिएका क्षेत्रमा कार्यरत नेपाली र उनका आफन्तहरू चिन्तित बनेको समाचार स्रोतले बतायो ।

नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले पश्चिम–उत्तर भारत क्षेत्र, सिम्ला, कश्मिर, जम्मु कश्मीर, पञ्जाब, चण्डीगढ लगायतका राज्यमा २५ हजार भन्दा धेरै नेपाली कार्यरत रहेको जानकारी दिए ।

भारत पाकिस्तानबीचको तनाव र युद्धको हल्लाले त्यस क्षेत्रमा रहेका नेपालीहरू तनावमा रहेको उनले बताए । उनले भने, ‘जनसम्पर्क समितिमार्फत त्यस क्षेत्रमा कार्यरत नेपालीको अवस्था र सुरक्षाको विषयमा हामीले सम्पर्क गरिरहेका छौं ।’ पाण्डेले थपे, ‘दिल्लीस्थित कार्यवाहक राजदूत र परराष्ट्र मन्त्रालयसँग पनि नेपालीको सुरक्षाको विषयमा चासो जनाउन आग्रह गरेका छांै ।’

जम्मु कश्मिर, पञ्जाबलगायत पाकिस्तानसँग सीमा जोडिएका भारतीय भूमिमा हजारौं नेपाली कामदार कार्यरत छन् । होटेल, रेष्टुरेण्ट लगायत घरेलु कामदार र कलकारखानामा नेपालीहरू कार्यरत छन् ।

त्यस्तै, गोर्खा भुतपूर्व सैनिक संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले पनि भारत–पाक तनावका कारण गोर्खाली सैनिकका परिवारमा चिन्ता बढाएको बताए । ‘आँधीहुरी आउँदा त चिन्ता बढ्छ भने युद्धको हल्लाले परिवारलाई स्वभाविक चिन्तित बनाउने नै भयो,’ ।

उनले  भने ‘तर अहिलै धेरै आत्तिनु पर्ने अवस्था छैन, युद्ध भइहाल्ने अवस्था छजस्तो लाग्दैन ।’बरु उनले जम्मु–कश्मिर क्षेत्रमा रोजगारीका क्रममा गएका कामदारहरू चपेटामा पर्न सक्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति: Oct 15, 2016

प्रतिक्रिया दिनुहोस्