Logo
१२ बैशाख २०८१, बुधबार
(October 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्की निवासमा सूचना नटाँसी फर्कियो सर्वोच्च टोली

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्धामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तोहात फर्किए ।

काठमाडौं महानगरपालिका १० नं वडासचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएका हुन् ।

सर्वोच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास पुगेको थियो । घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहबर राख्नुपर्ने कानुनी व्यवस्था छ ।

राई नभेटिएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको हो । वडा कार्यालयलाई पहिल्यै खबर गरिए पनि सचिव नआएको सर्वोच्चका तामलेदार शम्भु खत्रीले बताए । आजको नगरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: Oct 6, 2016

प्रतिक्रिया दिनुहोस्