Logo
१३ बैशाख २०८१, बिहीबार
(October 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैंमा घर जाने यात्रुको लागि बिहीबारदेखि शनिबारसम्म थप हजार बस थपिने

काठमाडौं । दशैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन् ।

यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन् ।

यात्रुको चापअनुसार दशैमा बसको संख्या थप्न निजी क्षेत्रले रोखेको माग सरकारले पुरा नगरी आफैँ बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दूरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेको आजको अन्नपूर्णमा समाचार छ ।

नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघले यात्रुको अत्याधिक चाप हुने आगामी बिहीबार शुक्रबार र शनिबार दैनिक ती यस ३० गाडी थपेर सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

बस थप्न लाग्ने अतिरिक्त खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।

प्रकाशित मिति: Oct 5, 2016

प्रतिक्रिया दिनुहोस्